शेयेर गर्नुहोस
खेमराज पाण्डेय, भजनी १७ असोज /
श्री हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।
कैलालीको जोशीपुर गाउँपालिका ३ भित्तरियामा रहेको हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षीक साधरण सभा सभाध्यक्ष संस्थाको अध्यक्ष मिन कुमार के .सी.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वाड नं३का वडा अध्यक्ष तथा प्रवक्ता किशोर कुमार कठरिया रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन कार्यालय भजनीका वन रक्षक प्रकाश विक, अतिथिमा कार्यपालिका सदस्य लक्ष्मी महतौ,वडा सदस्य कालिराम डगौरा, विझु राम चौधरी, वन संरक्षण प्रेमी धन बहादुर चौधरी, पञ्च राम चौधरी, पत्रकार धर्मेन्द्र विष्ट, गंगा चौधरी, खडक चौधरी,शिक्षक , समुदायिक वन उपभोक्ता समुहका सदस्य,भलमन्सा,महिला दिदीबहिनी र समाजसेवि लगाएतका उपस्थित रहेको थियो। भने जिल्लाको जोशीपुर गाउँपालिका ३ भितरीया मा रहको समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७७/०७८ को आर्थिक वर्षमा १० लाख ३ हजार २ सय ३५बराबरको आय व्याय लेखा संयोजक नैन बहादुर चौधरीले प्रस्तुत गरेका थिए।कार्यक्रममा बोल्दै अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,तालतलेवाबाट आयआर्जन बाट जीविका आर्जनमा टेवा पुराउने , सुशासन पाटोमा राम्रो काम गर्दै आएको, नमूना सामुदायिक वनमा जोड, दुनाटपरी व्यवस्थाको,संरक्षण गर्न ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने स्थानिय निकाय सधैं सामुदायिक वनलाई संरक्षण गर्न साथ दिने बताएका छन् उक्त कार्यक्रमको स्वागत मन्तब्य कमला साउद गरेको कार्यक्रमको संचालक कार्यालय सचिव कल्पना विकले गरेकी थिइन्।