हाइस दुर्घटनामा एकको मृत्यु १८ घाइते

शेयेर गर्नुहोस


टीकापुर १६ पुस /
कैलालीको गौरिगंगा ६ बनवेहडामा हाईस दुर्घटना भएको छ। आज बिहान महेन्द्रनगरबाट टिकापुरजाँदै गरेको सुदुरपश्चिम प्रदेशको ०२००१ ज ४०६ नम्बरको हाईस जिप कैलालीको गौरिगंगा ६ बनवेहडामा दुर्घटना भएको हो। हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।
मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालीका १ की ७३ बर्षिया कर्मा प्याकुरेल रहेकी छिन्। उनको धनगढीस्थीत माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाईस आफै अनियन्त्रि भई सडकको नालिमा पल्टिएको हो।
चालकसहित हाईसमा सवार ७ जना घाईते भई उपचारको लागी पदमा अस्पताल अत्तरिया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए। घाईते मध्ये ५ जनाको अवस्था मध्यम र २ जना सामान्य अवस्था रहेको बताइएको छ।
कंचनपुर देवकोट १० का २९ बर्षिय मुकेश राना, कंचनपुर भिमदत्त नगरपालीका ३ का ३१ बर्षिय रुद्द बहादुर गुरुङ्ग, कैलाली जानकि गाउँपालीका ४ का ३७ बर्षिय रामबेलासे रावत तथा उनकी ३५ वर्षीय श्रीमति अन्जली रावतको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ। अन्य घाईते भएको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *