१६ औं पुस्तकालय दिवस मनाइयो

शेयेर गर्नुहोस


टीकापुर १६ भदौ /
टिकापुर सामुदायिक पुस्तकालयले १६ औं पुस्तकालय दिवस शुक्रबार मनाएको छ ।
“पुस्तौ पुस्ताका लागि पुस्तकालय ” भन्ने मुल नाराका साथ पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल रहेका थिए । सोही अवसरमा पुस्तकालयले माध्यमिक तहस्तरीय बक्तृत्वकला प्रतियोगिताका साथै उत्कृष्ट पाठकलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । बक्तृत्वकला प्रतियोगितामा रेडियन्ट मन्टेश्वरी इङलिस स्कुल टीकापुर प्रथम, सगुन बिद्या निकेतन दोस्रो र वीरेन्द्र बिध्यामन्दिर माध्यमिक बिधालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी टिकापुर सरोकार समुहको आर्थिक सहयोगमा पुस्तकालयको नियमित अध्यनरत दार्चुलाको दुहु गाउपालिका वडा नं. १ घर भइ टीकापुरमा अध्ययनको क्रममा बस्दै आएकी गरि रितु बमले उत्कृष्ट पाठक घोषित भएकी छन् । उनले एक सय ८८ घन्टा समय पुस्तकालय कक्ष बिताई दस हजार नगद सहित सम्मान प्राप्त गरेकी छिन । उक्त रकम स्वरुप एनआइसी एसिया बैंक प्रदेश कार्यालय धनगढीका दिपक बहादुर बिस्ट र एनआइसी एसिया बैंक टीकापुरका शाखा प्रबन्धक अर्जुनप्रसाद भट्टले प्रदान गरेका थिए ।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *