२४ घण्टा मै चारजनाले गुमाए ज्यान

शेयेर गर्नुहोस

  २४ घण्टा मै  चारजनाले गुमाए ज्यान

समाधान समाचार, /टीकापुर २६ बैशाख/
पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा उपचाररत ४ जनाको ज्यान गएको छ । कोरोना संक्रमणको लक्षण देखिएका उनीहरुको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।
टीकापुर अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिकाका र जानकी गाउँपालिकाका दुई दुई जना पुरुष रहेका छन् । टीकापुर अस्पतालका अनुसार टीकापुर नगरपालिका वडा नं. १ का ६० र ५० वर्षीय पुरुष छन् भने जानकी गाउँपालिका वडा नं. २ का ५४ र वडा नं. १ का ५१ वर्षीय पुरुषको ज्यान गएको हो ।
टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्षीय पुरुषको आज विहान ७ बजे अस्पतालको इमरजेन्सी कक्षमा ज्यान गएको हो । उहाँ बैशाख २२ गते अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा कडा निमोनिया देखिएको थियो । वडा नं. १ कै ५० वर्षीय पुरुषको समेत इमरजेन्सी कक्षमै ज्यान गएको हो । उहाँको शनिवार बेलुकी ७ः५० बजे ज्यान गएको थियो । श्वासप्रश्वासमा कठिनाई र खोकीको समस्याले शनिवार नै भर्ना भएका ती पुरुषको एन्टीजेन विधिबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
त्यस्तै जानकी गाउँपालिका वडा नं. २ का ५४ वर्षीय पुरुषको आज विहान २ः१० बजे ज्यान गएको हो । उहाँ शनिवार इमरजेन्सी कक्षमै भर्ना हुनुभएको थियो । ती पुरुषमा समेत कोभिडका लक्षणहरु देखिएको अस्पतालका सुपरिटेन्डेन्ट रेमकुमार राइले बताउनुभयो ।जानकी गाउँपालिका वडा नं. १ का ५१ वर्षीय पुरुषमा समेत कोरोनाका लक्षणहरु देखिएका थिए । उहाँ २३ गते भर्ना भइ उपचारका कर्ममा अस्पतालमा रहेको उच्च उपचार कक्षमा शनिवार बेलुकी ४ः४५ बजे निधन भएको हो ।
टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले अस्पतालमा रहेको अक्सिजन सकिने अवस्था हुँदा थप हताहत हुने अवस्था आएको बताउनुभएको छ । डाक्टर उपाध्यायका अनुसार अस्पतालको उच्च उपचार कक्षमा १२ जना भर्ना गरिएका छन् भने अस्पतालको इमरजेन्सी, ओपीडी कक्षहरु विरामीले भरिएका छन् । ‘५० जनालाई नियमित अक्सिजन दिइरहेका छौं, अक्सिजनको ब्याकप अहिलेसम्म छैन’ उहाँले भन्नुभयो, ‘अक्सिजन सकियो, ब्याकप ब्यवस्थापन गर्न सकिएन भने अन्य विरामीको ज्यान जान सक्छ । निकै हताहती भएको अवस्था छ ।’ अक्सिजन पर्याप्त नहुँदा समेत उपचारमा समस्या भइरहेको उपाध्यायले बताउनुभएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष दिपक रावलले अक्सिजन आपूर्तिका लागि सहयोगी संस्था तथा नागरिकहरुसंग समेत आव्हान गरिएको बताउनुभएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *