३२ क्विन्टल चिनी बरामद

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १८ माघ/

कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले तस्करी गरेर ल्याएको ३२ क्वीन्टल चिनी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदका अनुसार मंगलबार बिहान ५ बजे ईलाका प्रहरी कार्यालय भजनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिकाको वडा नं. २ गौनियाबाट बेवारिसे अवस्थामा रहेको ३२ क्विन्टल चिनी बरामद गरिएको हो ।
चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला पठाइएको छ । चिनी भारतिय बजारबाट अबैध रुपमा नेपाल भित्रीएको हुनसक्ने प्रहरीले बताएका छन् । प्रहरी निरीक्षक साउँदले विषेश सुराकीको आधारमा चिनी बरामद गरिएको बताउँदै चिनी कस्ले ल्याएर आएको हो भन्ने कुराको खोजी भैरहेको बताएका छन् ।
अहिले सिमा क्षेत्रमा दुई किलोमीटरको दुरीमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिएको भएपनि सशस्त्र प्रहरी कै मिलेमतोमा चोरी तस्करी बढ्दै गएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *