४९ बिरुवा रोपेर जन्मदिन मनाउँदै जोशी

शेयेर गर्नुहोस


भजनी २४ माघ /
महुन्याल बहुमुखी क्याम्पसको अध्यक्ष तथा पतञ्जली योग समिति भजनीको अध्यक्ष पाण्डव जनरल स्टोर भजनीका सञ्चालक टंकप्रसाद जोशी पाण्डवले आफ्नो ४९ औँ जन्मदिनको अवसरमा वर्षभरिमा ४९ विरुवा रोप्ने बताएका छन् ।
उनले एक वर्षमा ४९ वटा ट्रिगार्ड सहितको बिरुवा रोपेर जन्मदिन मनाउने योजना बनाएको बताएका हुन । उनले कार्यक्रम महुन्याल बहुमुखी क्याम्पस भजनीबाट सुरुवात गर्ने र भजनी नगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा बिस्तार गर्ने बताएका छन् । अभियानमा इच्छुकहरूले सौजन्यता पनि प्रदान गर्न सक्नेछन् ।
जोशीले स्वर्गीय पिताको स्मृतिमा १२ वर्षदेखि भजनी बजारमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । उनले ५९ पटक रक्तदान गरिसकेका छन् ।
आफ्नो ४५ औँ जन्मोत्सवमा वर्षभरिमा ४५ वटा सामाजिक कार्य गरेर जन्मदिन मनाएका थिए । सामाजिक क्षेत्रमा पनि सक्रिय जोशीले महुन्याल बहुमुखी क्याम्पस हाताभित्र करिब ७ लाख ५० हजारको लागतमा सरस्वती माताको मन्दिर समेत निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *