अप्टिकल फाइबर काटिन थालेपछि सेवा प्रवाहमा समस्या

शेयेर गर्नुहोस


टीकापुर २८ चैत/

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्युनिकेसन्स लिमिटेड टीकापुर शाखाबाट बिस्तार गरिएको तार (अप्टिकल फाइबर) पटकपटक काटिने गरेको छ ।
अज्ञात समुहले पटकपटक अप्टिकल फाइबर काट्न थालेपछि सेवाग्राहीहरुलाइ समस्या हुन थालेको छ । महिनौंदेखि ठाउँठाउँमा बिस्तार गरिएको तार काटिन थालेपछि त्यसको मर्मतसम्भार दिन बित्न थालेको टीकापुर शाखाका प्रमुख खगेन्द्र कुस्मीले बताएका छन् । “कसले फाइबर काटिरहेको छ त्यो थाहा छैन । पटकपटक आफै तार काटिने स्थिति पनि हुँदैन ।” कुस्मीले भने, “कसैले हाम्रो सेवालाई प्रभावित पार्नको लागि रचिएको षड्यन्त्र हो ।”
उनले ठाउँठाउँमा एउटै समस्या आउन थालेको बताउँदै त्यसको खोजी र छानबिनका लागि ईलाका प्रहरी कार्यालयमा निवेदन पेश गरेको बताएका छन् । “कसले किन लाइन काटिरहेको छ त्यो सहजै थाहा नपाएपछि सहयोगका लागि प्रहरीम निवेदन दिएका छौं । यदि भेटिएको खण्डमा कानुनअनुसारको कारबाहीको माग समेत गर्दछौं ।” कुस्मीले भने, “उसो त देशभर प्रतिस्पर्धामा रहेका अन्य केही ईन्टरनेट कम्पनीले प्रतिस्पर्धा गर्न नसकेपछि ईन्टरनेटको फाइबर लाइन काट्दै आएका थिए । आज त्यो टीकापुरमा पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *