चिसापानी पर्यटकका लागि आकर्षक गन्तव्य : भट्टराई

शेयेर गर्नुहोस


टीकापुर २७ चैत /
पुर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको भएको बताउनुभएको छ । आइतबार कर्णाली नदीमा र्‍याफि्टङ गर्ने क्रममा भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यको रुपमा रहेको बताउनुभयो ।
“सुदुरपश्चिमका लागि हिडेको जुनसुकै ब्याक्ती चिसापानी पुग्छ । चिसापानी पुल, कर्णाली नदीको र्‍याफि्टङ, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मुल नहर निकै रमणीय छन् ।” पुर्व प्रधानमन्त्री भट्टराई भन्नुहुन्छ, “उसरी भन्दा पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो । पहाडबाट तराई झर्दा र तराईबाट पहाड चड्दा पनि कर्णालीको जंकाभेटले थपमहत्त्व दर्साउछ ।” जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरु पनि छन् ।” उहाँले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुनेगरी लगानी गर्नुपर्ने बताउनुभयो ।
कर्णाली नदीमा र्‍याफि्टङ पश्चात् राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमनका क्रममा उहाँले आयोजना निर्माण पश्चात् कैलालीको पुर्वी क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । “सिँचाइ आयोजना पूरा भएपछि यसक्षेत्रका हजारौं किसानहरूले सहज सिँचाइ सुविधा पाउनुको साथै रोजगारीका अवसरलाई स्थापित गर्ने छ ।” पुर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, “कृषि मात्रै नभई विद्युत पनि उत्पादन हुने भएको हुँदा त्यसले टीकापुर लगायत आसपासका क्षेत्रका नागरिकहरूको आर्थिक उपार्जनमा टेवा पुग्नुको साथै अन्य सम्भावनाहरुलाई पनि स्थापित गर्ने छ ।”
उहाँले आयोजनाको कामलाई तदारुकताका साथ समयावधिमै सम्पन्न गर्नेगरी काम गर्न आयोजना कार्यालयलाई निर्देशन समेत दिनुभयो । पुर्व प्रधानमन्त्री भट्टराईले आयोजनाको काम समयावधिमा सम्पन्न हुने स्थिति नरहेको भन्ने जानकारीमा आएको बताउँदै निर्माण कम्पनीहरुलाई कडाइका साथ काममा लगाउन निर्देशन गर्नुभएको छ । “यो आयोजना सिँचाइका लागि मात्रै नभई बाढी र डुवान कम गर्नका लागि पनि महत्त्वपूर्ण छ । आयोजनाको काम प्रभावकारी रुपमा सम्पन्न भएको अवस्थामा स्थानीयको अन्न बाली मात्रै नभई वर्षौंको त्रास पनि समाप्त हुने छ ।” उहाँ भन्नुहुन्छ, “रानी जमरा कुलरिया सिँचाइ आयोजना मात्रै नभई देशभरका सबै राष्ट्रिय गौरवका आयोजनाको काम सन्तुष्ट हुने गरी हुन सकेको छैन । त्यसमा निर्माण कम्पनी र आयोजना कार्यालय बढी जिम्मेवार बन्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *