अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १४ जेठ /
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड टीकापुर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी तालिम तथा
सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख प्रविण रमण पराजुली नेपालको सर्वाधिक विश्वासिलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स भए पनि वर्तमान समयमा धेरै संघसंस्थाहरूको मर्जरले कम्पनीलाई धेरै चुनौती थपेको बताएका छन् । उनले व्यावसायमा लाग्दा एकरूपता, निरन्तरतासँगै अथक मेहनतले गर्दा आफ्नो लक्ष्य हासिल गर्न सकिने बताउँदै ढुक्कका साथ काम गर्न अभिकर्ताहरूलाई अनुरोध गरेका छन् ।
त्यस्तै कार्यक्रममा उमापती पोखरेलले नेपाल लाईफ इन्स्योरेन्स जीवन बिमा क्षेत्रमा समुन्द्र भएको बताएका छन् । उनले बिमामा लाग्नु भन्दा पहिला कुन विमा कम्पनीमा लाग्दा राम्रो हुन्छ, कस्तो विमा रोज्नुपर्छ, विमा भनेको के हो ? विमा गर्दा के के फाईदा हुन्छ ? जस्ता कुराहरुमा बिचार पुर्याउनुपर्ने बताए । कार्यक्रममा तालिम विभाग प्रमुख रोजेश बस्नेतले संयोजन गरेका थिए । तालिम प्रमुख राजेश बस्नेत, नेपाल लाईफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट ,राजापुर शाखा प्रमुख दिपक पन्त, देव प्रसाद जैशी लगाएको सहभागिता रहेको थियो ।२०० भन्दा माथिको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।
टीकापुर शाखामा कार्यरत कर्मचारी विजया जोशिले स्वागत गरेको कार्यक्रमको सञ्चालन टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्दले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *