आईल्याण्ड उत्सव आजदेखी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ मंसिर (रासस) :
टीकापुर पार्कको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि आज (शुक्रबार) देखि टीकापुर आईल्याण्ड सांगीतिक उत्सव हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि टीकापुर पार्कमा तिन दिनसम्मका लागि तय गरिएको सांगीतिक उत्सवको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नमह कर्णाली एग्रो टुरिजम प्रालिको आयोजनामा हुन लागेको उक्त सांगीतिक उत्सवको सम्पुर्ण तयारी पूरा भएको सञ्चालन पृथ्वी रावलले जानकारी दिएका छन् । टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सञ्चालन गरिने सञ्चालक रावलले बताएका छन् ।
उनका अनुसार आज (शुक्रवार) चर्चित गायिका प्रीति आले र मोडल तथा डान्सर रुबिना अधिकारीको बेजोड प्रस्तुत रहने आयोजकले जानकारी दिएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक हंशराज रावलले जानकारी दिएका छन् । भोलि १८ गते प्रमोद खरेल र डान्सर नारायणी खत्री, १९ गते चक्र बम र लालबहादुर धामी (अछामी बड्डो) को प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *