शेयेर गर्नुहोस
टीकापुर ०६ पुस /
टीकापुरमा यहि पौष ९ गतेदेखि १३ गतेसम्म मदन बाबा आद्यात्मिक तथा कष्ट निवारण शिविर हुने भएको छ ।
नकारात्मक उर्जाबाट पिडित तथा खासगरी मानसिक समस्या र बिभिन्न कारणले शारीरिक समस्या भएकाहरुको उद्दारका लागि शिविरको आयोजना गरिने शिविर संचालक समितिका संयोजक भोजराज शर्माले बताएक छन् ।
टीकापुर क्षेत्रका जनताका उद्दार तथा आध्यात्मिक जागरण ल्याउनको लागि यो शिविर महत्वपुर्ण हुने शर्माले बताए । शुक्रबार मदन बाबा आध्यात्मिक केन्द्रद्वारा पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा समितिका संयोजक शर्माले करिब पाँच सय देखि एक हजार जनासम्मको उद्धार गराइने बताउँदै सहयोगको लागि सबैसँग अनुरोध समेत गरेका छन् । उनले पाँच दिनसम्म चल्ले शिविरमा आउँदा आउने मानिसहरुलाई माछ, मासु, जाडरक्सी, लसुनप्याज जस्ता चिजको सकेसम्म भोजन वा सेवन नगरी आउन आग्रह समेत गरेका छन् ।
टीकापुरमा संचालन हुने अध्यात्मिक जागरणबाट युवाहरूलाई सही मार्गमा ल्याउन सकिने उनले बताए । बाबाले बर्दिया, धनगढी लगायत नेपाल अधिराज्यभरिका विभिन्न ठाउँमा हजारौं मानिसहरूलाई उद्धार समेत गरिसकेका छन् । उद्धार शिविरमा निःशुल्क सेवा हुने संयोजक शर्माले बताए ।










