आयोजना धरापमा पर्ने चिन्तामा किसान

शेयेर गर्नुहोस


टीकापुर २२ फागुन /
निर्माण कम्पनीले समयमा काम नगर्दा आयोजना नै धरापमा पर्न सक्ने भन्दै रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मुल समितीले चिन्ता व्यक्त गरेको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सम्झौता अवधी सकिनै लाग्दा पनि आयोजना निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा आयोजना नै धरापमा पर्न सक्ने चिन्ता व्यक्त गरेका हुन । मुल समितिका अध्यक्ष कुमार राज शाहीले आयोजनाले तीन खण्ड अर्थात रानी जमरा कुलरिया गरी काम गरिरहेको बताउँदै जमराको काम धेरै अगाडि बढ्दा पनि अन्य दुई क्षेत्रको कामको प्रगति चिन्ताजनक अवस्थामा रहेको बताका छन् ।
“एउटा निर्माण कम्पनीले एक वर्षमा ११ वटा पुल मात्रै निर्माण गर्छ भने अर्को निर्माण कम्पनीले त्यहीँ कामअनुसार एउटा पुल पनि निर्माण गर्न सक्दैन ।” अध्यक्ष शाहीले भने, “किसानले हामीलाई दोष दिन्छन् । काम भएन भनेर तर काम निर्माण कम्पनी गर्दैनन् ।” उनले आयोजना कार्यालयलाई समेत निर्माण कम्पनीले नटेरेको बताए । “आयोजनाले समयमै काम नसक्ने कम्पनीलाई कारबाहीको लागि सिफारिस गर्छ तर मातहतको विभागबाट निर्माण कम्पनी म्याद थपको चिठी ल्याएर आउँछ ।” शाहीले भने, “किसानले बर्खे बाली लगाउने समय हुँदा पनि पानी आउने कुनै सम्भावना छैन । किसानलाई पुरानै सिँचाइ प्रणालीबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको छ ।”
समितीका सचीव पर्शुराम महतौले संघीय सरकारले आयोजना प्रती ध्यान दिन नसकेको बताएका छन् । उनले सरकार र निर्माण कम्पनीको मिलेमतोमा आयोजनाको काम अलपत्र पर्ने स्थिति आएको बताउँदै कामलाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई ताकेता गर्नुको विकल्प नरहेको बताएका छन् ।
आयोजनाको म्याद आउने डिसेम्बरमा सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *