उच्च रक्तचाप सम्बन्धित अन्तरक्रिया

शेयेर गर्नुहोस


भजनी ०२ जेठ /
भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा एकदिने उच्च रक्तचाप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कैलालीको धनगढीमा रहेकाे शैलेश्वरी फार्वेष्ट स्कुलका स्वास्थ्य मेडिकलमा एचए तेस्रो वर्षमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले आयोजना गरेको उक्त एकदिने उच्च रक्तचाप सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको हो स्वास्थ्य केन्द्रमा ओजेटी गर्दै आएका छन् ।
अहिलेको अवस्था धेरैभन्दा धेरै मानीसहरु उक्त रक्तचापकाे समस्यामा पर्ने गरेको र यसबाट बच्न के कस्ता उपाय र विधिहरु अपनाउन सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । साथै त्यसको राेकथाम उपचार विधिकाे विषयमा आयोजना गरिएको कार्यक्रममा एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।
अझै समाजमा मान्छेकाे साेचमा परिवर्तन हुन नसकेका कारण धेरै मानिसहरु यस राेगकाे उच्च जाेखीममा रहेकाे बताइएको छ । कार्यक्रमको सञ्चालन माधव कुँवरले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *