उद्देश्यमा टेकेर अगाडि बढ्न सक्नुपर्छ : रावल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ भदौ /

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले तीन उद्देश्यका लागि पुस्तकालयको स्थापना भएको बताउँदै त्यस बाटोबाट पुस्तकालयको विकास गर्न आवश्यक रहेको बताएका छन् ।
टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा १४ औं पुस्तकालय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रावलले यस्तो बताएका हुन । “पुस्तकालय स्थापना गर्दा तीन उद्देश्य थिए । पहिलो युवा, दोस्रो बालबालिका र तेस्रो सामाजिक सरोकारवाला ।” नगर प्रमुख रावलले भने, ” त्यो उद्देश्य पूरा गर्न सकियो कि नाई त्यसको समिक्षा गर्ने बेला आएको छ । अहिलेसम्मको पुस्तकालयको उपलब्धिलाई हेरेर अगाडि बढ्नु पर्दछ ।” उनले संस्थालाई समृद्ध बनाउन व्यबहारहरु परिवर्तन हुन आवश्यक रहेको बताउँदै अपेक्षा मात्रै गरेर सबै कुरा पूरा गर्न नसकिने बताए ।
जनता समाजवादी पार्टीका प्रतिनिधि बिरेन्द्र साउँदले टीकापुरको विषयमा निजि बिधालय तथा ट्युसन सेन्टर सञ्चालन हुँदै गर्दा सामुदायिक बिधालयलाई सञ्चालन गर्न नगरपालिकाले बन्देज लगाएको आरोप लगाएका छन् । उनले नगर भित्र रहेका सबै संघसंस्थालाई एउटै नजरले हेर्न आग्रह गर्दै शैक्षिक क्षेत्रमा नगरपालिकाले गम्भीर भएर निर्णय गर्न समेत आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि झपटबहादुर सोडारीले संस्था बलियो बनाउनका लागि समाज बलियो बनाइनुपर्ने बताएका छन् । उनले संघसंस्थालाई राजनीतिक खिचातानीबाट माथी उठाउन आवश्यक रहेको बताउँदै सार्वजनिक संस्थामा राजनिती नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष मोहन बिकले पुस्तकालय सबैको साझा संस्था भएको बताउँदै अध्यनका लागि पुस्तकालयसम्म आउने बानिको विकास गर्नुपर्ने बताएका छन् । उनले पुस्तकालयको दिगो व्यवस्थापनका साथ अगाडि बढाउनका लागि स्थानीय सरकार र आम सरोकारवालाहरुको साथ समर्थन आवश्यक रहने बताए ।
नेपाली काङ्ग्रेसका नगर सभापति धनराज उपाध्याय, सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुरका अध्यक्ष मोहन नाथ यौंगी, समाजसेवी श्याम खत्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा “समाज परिवर्तनमा सामुदायिक पुस्तकालयको भुमिका” शिर्षकमा निबन्ध प्रतियोगिताको समेत आयोजना गरिएको थियो । जस्मा छात्रातर्फ प्रथम खड्क स्मृति माध्यमिक बिधालय टीकापुरकी ललिता ढुंगाना, दोस्रो खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलकी नेहा खत्री, तेस्रो युनाइटेड एकाडेमीकी ट्रीञ्जल खड्का र शान्तवना आर एम ई स्कुलकी अमिशा सोडारी रहेका छन् ।
छात्रतर्फ खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलका प्रशिद्द रावल प्रथम भएका छन् । त्यस्तै दोस्रो बिरेन्द्र बिध्यामन्दिर माध्यमिक बिधालयका प्रनिश थ्यायत, तेस्रो आर एम ई का सागर ढुंगाना र शान्तवना कर्णाली माध्यमिक बिधालय टीकपुरका सन्तोष फडेरा भएका छन् ।
पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए भने सञ्चालन सदस्य देवेन्द्रबहादुर शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *