शेयेर गर्नुहोस
टीकापुर १८ साउन /
कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् ।
जिल्लाको जोशिपुर गाउँपालिका वडा नं.१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ६३० मिलिग्रामसहित ४ जनालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भजनी नगरपालिका नगरपालिका वडा नं. ८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी, सोही नगरपालिका वडा नं. ६ थापापुर बस्ने १८ वर्षीय किशोर, जानकी गाउँपालिका वडा नं. ४ कञ्चनपुर बस्ने २४ वर्षीय श्याम कठरिया र २२ वर्षीय रुपेश कठरिया रहेका छन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, उनीहरुले प्रयोग गरेको मोटरसाइकल थान–२ सहित चारै जनालाई पक्राउ गरेको जनाएको छ।
यसैगरी, कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ७ बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरी रहेका छन् । यी दुबै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ।









