शेयेर गर्नुहोस
टीकापुर १८ साउन /
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकाकारी संस्था लिमिटेडकोे आयोजनामा संचालित सहकारी संस्था संचालन सम्बन्धि दुई दिने नेतृत्व क्षमता विकास तालिम आइतबार सम्पन्न भएको छ ।
संस्थाको बर्तमान नेतृत्वलाई थप शसक्त बनाउने तथा नयाँ नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको छ । तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हिरालाल सुनारले सहजिकरण गरेका थिए ।
संस्थाका उपाध्यक्ष मनोज कुमार साउँदको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक बद्रि प्रसाद भट्टराई, प्रशिक्षक हिरालाल सुनार, कोषाध्यक्ष धनञ्जय ढुंगाना, लेखा सुपरिवेक्षण समिति संयोजक रजनी शाही, शिक्षा तथा तालिम उपसमिति सदस्य काशी राम जैशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम व्यवस्थापक छबिलाल जैशीले संचालन गरेका थिए ।कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, वर्तमान संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरु समेत ४० जनाको सहभागिता रहेको थियो ।










