एक सयमै पाउँछ चिनी

शेयेर गर्नुहोस


टीकापुर १४ कार्तिक /
बजारमा प्रति केजि एक सय ३० सम्म पर्ने चिनी साल्ट ड्रेडिङ्ग कर्पोरेसन लिमिटेडले एक सय रुपैयाँमै उपलब्ध गराउँदै आएको छ ।
चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि लागू हुने गरि कर्पोरेसनले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै चिनी लगायतका वस्तुको बिक्रीवितरण गर्दै आएको छ । त्यसैअनुसार टीकापुर नगरपालिका वडा नं.१ स्थित भानुचोक नजिकै पुरानो वडा कार्यालय भएको घर नजिकैबाट चिनी र नुन वितरण गर्दै आएको छ ।
कर्पोरेसनले प्रती व्यक्तिलाई पाँच केजि चिनी प्रति केजि एक सयका दलले उपलब्ध गराउँदै आएको छ भने नुन प्रति व्यक्ति पाँच केजि, आवश्यकता अनुसार १० केजि सम्म वितरण हुँदै आएको कर्पोरेसन टीकापुर शाखाका प्रमुख नरेन्द्र धामीले जानकारी दिएका छन् । उनका अनुसार नुन प्रती केजि २४ रुपैयाँमा उपभोक्तालाई उपलब्ध हुँदै आएको छ ।
देशभर असोज १ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा आए पनि टीकापुरमा २ गतेबाट सुरु भएको थियो । चिनीको बिक्रीवितरण भने असोज ७ गतेबाट सुरु गरिएको धामीले बताएका छन् । “अहिले पनि दैनिक १० क्विन्टल भन्दा बढी चिनी बिक्रीवितरण हुन्छ ।” उनले भने, “नुन भने दैनिक दुई देखि तीन क्विन्टलसम्म बिक्रीवितरण हुने गरेको छ ।”
उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर भए चिनी र नुन प्राप्त गर्न सकिने धामीले बताएका छन् । उनका अनुसार सरकारी बिदाको दिनमा भने बिक्रीवितरण बन्द हुन्छ । छठसम्म सञ्चालन हुने सुपथ मूल्य पसलबाट आवश्यक नुन र चिनी उपभोक्तालाई सुपथ मुल्यमा खरिद गर्न उनले आग्रह पनि गरेका छन् ।

ताजा खबर

एक सयमै पाउँछ चिनी

चोरीका घटनाप्रति सचेत समाजको चासो

धनसिंहपुर युवा फुटबल कप सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *