चोरीका घटना नियन्त्रण गर्न अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर १३ कार्तिक /
सामुदायिक सेवा केन्द्रले विजयादशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा लागुऔषध दुर्व्यसनी र चोरीका घटना नियन्त्रण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष ताराप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले स्थानीय सरकारले आफ्ना नागरिकहरूलाई अप्ठ्यारो परेको बेला जस्तोसुकै परिस्थितिको सामना गरेर काम गर्न तयार रहेको बताएका छन् ।
“जनताको पीडा जनप्रतिनिधिले बुझ्नुपर्छ । जनतालाई समस्या पर्दा स्थानीय सरकार अभिभावकको रुपमा उभिनु पर्छ ।” उनले भने, “अहिले सकारात्मक भन्दा बढी गलत कुराहरूको बढी प्रचार हुन थालेका छन् ।” उनले नागरिक माथी नकारात्मक प्रचार नगर्न आग्रह पनि गरेका छन् । राती १० बजेपछि जोकोही व्यक्ति शंकास्पद देखिए त्यसलाई निगरानीमा राखेर अनुसन्धान गर्न कार्यवाहक नगर प्रमुख नगार्जीले प्रहरीलाई आग्रह गरेका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले तल्लो तहका प्रहरीले सुचना चुहावट गरेको हुनसक्ने स्विकार गर्दै उनले प्रहरीले निगरानीमा राखेका व्यक्तिलाई आफन्तबाट बचाउन खोज्ने काम भैरहेको बताएका छन् । “हाम्रो काममा अझै सुधार गरेर जान्छौं ।” उनले भने, “लागुऔषध प्रयोगकर्ताको परिक्षणको लागि अस्पतालमा आवश्यक कीट नहुँदा समस्या भएको छ । यसले पनि अनुसन्धानमा समस्या ल्याएको छ ।”
कार्यक्रममा पत्रकार एकिन्द्र तिमिल्सिनाले प्रहरी सडकमा नदेखिएको धेरै भएको बताउँदै पब्लिक र प्रहरीको समन्वय हुन जरुरी रहेको बताएका छन् । “नागरिकलाई शान्तिसुरक्षा चाहिन्छ । सरकारका निकाय प्रति नागरिकहरूको विश्वास हुनुपर्छ ।” उनले भने ।
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति धनन्जय रिमालले नागरिकहरूको शान्तिसुरक्षाको सम्पुर्ण जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताए । चोरीका घटनामा संलग्न रहेकाहरूले समाजप्रति पुर्ण जानकार भएकाहरूले गरेको जस्तो देखिएको देखिएको बताउँदै टीकापुरका मुख्य चोकमा सडक बत्ती र सीसी टिभी क्यामरा जडान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर सभापति रवीन्द्र विष्टले स्थानीय सरकार नागरिकहरू प्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । “हामीलाई रिजल्ट चाहिन्छ । काम गरे भनेर हुँदैन, हामीले हेर्ने भनेको परिणाम हो ।” उनले भने, “चोरी भएका नागरिकहरुसँग स्थानीय सरकारले छलफल गर्नुपर्छ । यताबाट सकिन्न भने विशेष अनुसन्धान टोली मगाएर भए पनि काम गर्नुपर्छ ।”

ताजा खबर

भजनी कप सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *