एमालेबाट ढुंगानासहित दर्जनौंले गरे पार्टी परित्याग

शेयेर गर्नुहोस


टीकापुर ०८ बैशाख /
नेकपा एमालेका टीकापुर नगर सदस्य तथा क्युपेक नेपालका केन्द्रिय सदस्य मनिराम ढुंगानाले पार्टी परित्याग गर्दै नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ को वडा कमिटीको विशेष कार्यक्रममा ढुंगाना माओवादी केन्द्र्मा प्रवेश गरेका हुन । कार्यक्रममा ढुंगाना सहित राष्ट्रिय युवा संघका टीकापुर नगरपालिका वडा नं. ७ का अध्यक्ष महेश रावल, एमालेबाट टंक ठकुल्ला, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि सन्तोष नेपाली, नेपका माओवादी क्रान्तिकारीका कैलाली जिल्ला सदस्य मीनबहादुर सुनार लगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज हेमराज भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रममा भट्टराईले आज पनि देश माओवादीको एजेण्डामा चलेको बताएका छन् । उनले एजेण्डा एउटाको फाइदा अर्को लिएको बताउँदै त्यो उपलब्धिलाई जनतासामु बुझाउन जरुरी रहेको बताए । “२०६४ को निर्वाचनमा जनताले राम्रो साथ दिएका थिए । आज त्यो समाप्तिको बाटोमा जान लागेको छ ।” भट्टराईले भने, “हाम्रै एजेण्डालाई बोकेर हिडेकाहरुले त्यसको फाइदा लिँदै छन् । उनले जनतालाई बुझाउन सके हाम्रो संगठन कम्जोर बनाउँदै फाइदा लिने काम अर्काले गर्दा हामी कम्जोर भयौं ।”
जनता र पार्टी बिचको टाढिएको दुरी नजिक बनाउँदै लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मा माओवादीको काधमा फेरि आइपरेको बताएका छन् । “आज हिजोका प्रतिक्रियावादी शक्तिहरु फेरि सलबलाउन थालेका छ । लोकतन्त्रका विरोधी शक्तिहरुको संगठन मजबुत बन्दै गएको छ ।” सह इन्चार्ज भट्टराई भन्छन्, “त्यसलाई रोक्नुपर्छ । ठूलो बलिदानबाट भएको उपलब्धिलाई संस्थागत गर्ने जिम्मा माओवादीको हातमा आएको छ । त्यसलाई पूरा गरेर पुनः जनताको माझबाट पहिलो पार्टी बन्नेमा शंका छैन ।”
उनले विभिन्न कालखण्डमा विभाजन भएका बामपंथी शक्तिहरु एक ठाउँमा आउनको लागि छलफल भैरहेको बताउँदै एक वर्षमा पार्टी सुदृढीकरणको पहिलो खुड्किला तयार भैसक्ने बताए । पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवालीले ठुला राजनीतिक दलहरूले जनताको मर्म नबुझेकै कारण आज वैकल्पिक शक्तिको खोजी गर्दै आएको बताएका छन् । उनले त्यस्ता वैकल्पिक शक्तिहरु सिमित समयका लागि मात्रै रहने बताउँदै तिनबाट परिवर्तन सम्भव नहुने बताएका छन् ।
“जो सँग कुनै एजेण्डा र स्पष्ट कार्यदिशा हुँदैन त्यो बाट हामीले परिवर्तन सम्भव देख्ने गरेका छौं । अर्थात बोली बेचेर राजनीतिक गर्नेहरूको भ्रममा हामी छौं ।” ज्ञवालीले भने, “आजसम्म त्यसरी बोली बेचेर राजनीतिक उचाईमा पुगेका कसैले जनताको जनजीवनलाई परिवर्तन गर्न काम गर्यो । गरेको भए कहाँ के गर्यो ?” कार्यक्रममा पार्टीका सुदुरपश्चिम प्रदेश सचीव नेपबहादुर चौधरी, केन्द्रिय सदस्य तिलक परियार लगायतले धारणा राखेका थिए । वडा कमिटी अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कमिटी इन्चार्ज यज्ञप्रसाद न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *