एमालेबाट श्याम खत्री मेयरको उम्मेदवार

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ बैशाख /
नेकपा एमालेले टीकापुर नगरपालिकाको मेयरको उम्मेदवारमा श्याम खत्रीलाई अघि सारेको छ ।
यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाबाट पाँच जनाको नाम सिफारिस भएको भनिए पनि नगर कमिटीले खत्रीको एकल नाम जिल्ला सिफारिस गरेको थियो । तर, नगरले निर्णयलाई नै कार्यान्वयन गर्दै खत्रीलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सारेको छ । नगरको मेयरको रुपमा टीकापुरबाट पाँच जना आकांक्षी देखिएका थिए ।
उपमेयर लगायत अन्य वडा अध्यक्षको भने अझै टुंगो लाग्न सकेको छैन । आज साझसम्म सबै उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *