युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको अन्तक्रिया कार्यक्रम

शेयेर गर्नुहोस


निर्मल रैका, धनगढी २२ चैत /

देशकै प्रतिष्ठीत लघुबित्त युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. केन्द्रिय कार्यालयले हरेक वर्ष झै गदै आएकको केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रम एक भब्य कार्यक्रमका बिच बर्दियाको गुलरियामा केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. केन्द्रिय कार्यालयको आयोजना तथा शाखा कार्यालय गुलरियामाको समन्वयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथी युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का कार्यकारी निर्देशक सामाजिक अभियन्ता तथा समाजसेवी डा. गोपाल दहित रहनु भएको थियो , अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का लघुबित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरी, अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. का आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख बिनोद कुवंर रहेका थिए ।
केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का कार्यकारी निर्देशक डा. गोपाल दहितले समर्ग संस्थाको वर्तमान अवस्था र संस्थाका सबल पक्ष , आफनो केन्द्रलाई बलियो बनाउनका लागी केन्द्र प्रमुखको ठूलो महत्वपुर्ण भूमिकका हुने त्यसका लागी केन्द्र प्रमुख इमान्दार लगनशिल मिहिनेत गरी लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै लघुबित्त बिज्ञ डा. दहितले बढी भन्दा बढी ऋण लिई उधमी बन्नु पर्ने र संस्थाले आफना सदस्यहरु आर्थिक रुपमा सबल र सक्ष्म भएको देख्न चाहेको समेत बताए । उनले युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले सञ्चालन गदै आएका तालिम मध्ये केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रम पनि एक भएको बताउदै यस तालिममा सिकेका कुराले केन्द्र बैठकमा केन्द्र प्रमुखलाई थप सहयोग पुग्ने र केन्द्र प्रमुखको क्षमता अभिवृद्धी हुने समेत बताए ।
केन्द्र प्रमुख अन्तक्रियाको सहजीकरण युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का लघुबित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरीले गरेका थिए । उनले केन्द्र प्रमुखहरुबाट आएका प्रश्न सल्लाह तथा सुझावहरु बारे स्पष्ट पार्नुका साथै संस्थाको नीती नियम बारे केन्द्र प्रमुखहरुलाई बताए ।
सो केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रमको अवसरमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. केन्द्रिय कार्यालयले आफना समूह सदस्यका लगनशिल मेहेनेती जेहेन्दार १२ जना छोरा छोरीलाई छात्रवृती त्यसै गरी उत्कृष्ट केन्द्र प्रमुख दिल कुमारी थापा मगर , सफल उधमीहरु फुल कुमारी चौधरी , हरिकला बस्नेत, प्रीती श्रेष्ठ त्यसै गरी उत्कृष्ट केन्द्र बैठक ३ वटा, उत्कृष्ट बचत कर्ता राम कुमारी यादव लाई युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का कार्यकारी निर्देशक सामाजिक अभियन्ता लघुबित्त बिज्ञ तथा कार्यक्रमका प्रमुख अतिथी डा. गोपाल दहितले धन राशी, फुलमाला,दोसल्लाह टीका सहित सम्मान गरेका थिए ।
उक्त .अन्तक्रिया कार्यक्रममा सटिजन्स लाइफ इन्सुरेन्सबाट प्रदान गदै आएको बिमा तथा बिमा प्राप्त गर्न आवश्यक प्रक्रिया तथा नीती नियमबारे सटिजन्स लाइफ इन्सुरेन्सका ध्वज बहादुर खड्काले बताए ।
त्यसै गरी युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. का आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख बिनोद कुवंरले ग्राहक संरक्षण, उजुरी सुनवाइ, तथ्याङक गोपनियता र सुरक्षा बारे बताए ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ८३ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ३८ वटा शाखा मार्फत सेवा गदै आएको छ ।
केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रमको सञ्चालन युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय गुलरियाका शाखा प्रमुख तथा ईलाका अधिकृत मान बहादुर चौधरीले गरेका थिए भने । केन्द्र प्रमुख अन्तक्रिया कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय गुलरिया द्धारा गठन गरिएका २०४ केन्द्र बैठकका केन्द्र प्रमुख लगाततको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *