कलाकार र समाजसेवी सम्मानित

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर ०८ असोज /
नारायणपुर जेसिज को सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन स्थानीय कलाकार र समाजसेबिलाइ सम्मान गरिएको छ ।
नारायणपुर जेसिजका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष रामलाल डगौंरा थारु प्रमुख अतिथी रहेका थिए भने,विशिष्ट अतिथिमा साबिक नारायणपुर गाविसका पुर्ब अध्यक्ष फकिरसिंह कडायत रहेका थिए ।
प्रमुख अतिथी डगौंरा थारुले समाजसेबी र कलाकारलाई सम्मान गर्ने संस्कारको विकास हुँदै गएको बताउँदै सम्मानले समाजसेबीको मनोबल उच्च भएको र कलाकारहरुले गौरवान्वित हुने अवसर पाएको बताएका छन् । उनले कलाकार रास्ट्रको गहना भएको र देशलाई रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भुमिका खेल्ने गरेको बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथी कडायतले सम्मानले समाजका अगुवाहरुको मनोबल उच्च हुने बताउँदै कलाकारहरुलाई सम्मान गरेर कला,सस्कृतीको जगेर्नाका हुने बताएका छन् ।
कार्यक्रम संयोजक दिलिप बुढाले स्वागत गरेको कार्यक्रममा स्थानीय स्तरमा पुर्याएको योगदानको आधारमा समाजसेवीलाई र कलाकारहरु सहित एक सय जनाभन्दा बढीलाई सम्मान गरिएको थियो । नारायणपुर जेसिजका महासचिव निरज चौधरी ले सञ्चालन गरेको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ ले आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *