टीकापुर अस्पतालको बधाई तथा अन्तरक्रिया खादा र मालाको कार्यक्रम अब नगरौं : डगौंरा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ जेठ /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले अब नागरिक तथा संघसंस्थाहरुलाई खादा र मालाको कार्यक्रम नगर्न आग्रह गरेका छ ।
टीकापुर अस्पताल विकास समितिको आयोजनामा भएको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख डगौंराले खादा र मालाको सम्मानमा कमि गर्नुपर्ने बताएका हुन । “नागरिकहरूले बोलाएको ठाउँमा नजाउ भन्ने पनि हुँदैन । आशा गरेर बस्नुभएको हुन्छ ।” नगर प्रमुख डगौंराले भने, ” खादा र मालाको सम्मानका कारण हामिले दैनिक गर्नुपर्ने काम प्रभावित भएको छ । अब पहिला काम गरौं अनि मात्रै खादा र मालाको सम्मान कार्यक्रमलाई गरौंला ।”
अस्पतालको विषयमा नगर प्रमुख डगौंराले अस्पतालको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । स्वस्थ्य क्षेत्रलाई नगरपालिकाको बजेटले भ्याएसम्म समेट्ने प्रयास गर्ने छौं । नगर प्रमुख डगौंराले भने, “तर टीकापुर अस्पतालको गुरुयोजना बनाएर दीर्घकालीनसम्म प्रभाव पर्ने गरि काम गर्नुपर्छ । त्यसकालागी हामिले गर्नुपर्ने सहयोग सधै नगरपालिकालाई रहन्छ ।” उनले संघीय र प्रदेश सरकाससँग समन्वय गरेर आवश्यक दरबन्दीहरुलाई पूरा गर्ने र त्यसका लागि कुनै पार्टी र आस्था भन्दा पनि एक भएर काम गर्नसक्नुपर्ने बताएका छन् ।
नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले बिरामिको उपचार गर्ने अस्पताल कहिल्यै पनि बिरामी हुननहुने बताएका छन् । “नागरिक बिरामी भएर उपचारका लागि अस्पताल आउँछन् । अस्पतालले बिरामिको उपचार गर्नुपर्छ ।” नगर उपप्रमुख शाहले भने, “अस्पताल आफै बिरामी भए अरुको उपचार कसरी हुनसक्छ । त्यसकारण भएको स्रोतसाधनको समुचित प्रयोग गरेर टीकापुर अस्पतालको विकासलाई गतिमा लैजान सकिन्छ ।” उनले देख्दा सामान्य लाग्ने कुराहरूले महत्त्वपूर्ण भुमिका खेलेको हुने बताउँदै टीकापुर अस्पताल सुधारका लागि सबैको सामुहिक प्रयास आवश्यक रहने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्यले नगरपालिकाको विगतका दिनमा अस्पताललाई महत्त्वपूर्ण सहयोग हुँदै आएको बताउँदै त्यसलाई थप बढाएर अहिलेको जनप्रतिनिधिहरुले समन्वय गर्नुपर्ने बताएका छन् । कार्यक्रममा टीकापुर अस्पताल विकास समितीका पुर्व अध्यक्ष रतन खड्काले व्यवस्थापन समितीले विगतका अधुरा कार्यहरूलाई निरन्तरता दिँदै सबैको सुझाव सल्लाह लिएर अगाडि बढ्न सकेपछि मात्रै सफल भैइने बताएका छन् । पुर्व अध्यक्ष दिपक रावलले अस्पतालको ल्याबमा निकै समस्या रहेको बताउँदै टीकापुर सरोकार समुहसँग ल्याबको भवन निर्माणको लागि रकम भएको र त्यो रकमलाई खर्च गर्ने आधार अस्पताल व्यवस्थापन समितिले देखाउदिनुपर्ने बताएका छन् ।
नागरिक अगुवा भिमराम चपाईले एउटा बिरामीलाई सन्चो बनाउने संस्था आफै बिरामी अवस्थामा रहेको बताउँदै संस्थाको उपचार गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य हुने बताएका छन् । अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा देविलाल पाण्डे, रवीन्द्र बिष्ट, जितबहादुर चौधरी, उदयराम अधिकारी, भुपेन्द्र साउँद लगायतले धारणा राखेका थिए । अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिलिप कुमार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निर्देशक तेजबिक्रम शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *