कैलालीमा ६३ प्रतिशत मत खस्यो

शेयेर गर्नुहोस


टीकापुर ०४ मंसिर/
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ । सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो ।
उनले भने ‘जिल्लाका सबै निर्वाचन क्षेत्रहरुको विवरण आउन बाँकी छ । समग्रमा अहिलेलाई ६३ प्रतिशत जती मत खसेको भन्ने तथ्यांक छ । नआएका निर्वाचन क्षेत्रबाट मतदानको विवरण आउने क्रम जारी छ ।’
उनले सबै निर्वाचन अधिकृतहरुले मुचुल्का उठाएर मतगणना स्थलमा सुरक्षित साथ मतपेटिका पुगाउने तयारी गरिरहेकाले सबैको विवरण आउन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *