कैलाशेश्वर सामुदायिक वनको अध्यक्षमा शाह निर्वाचित

शेयेर गर्नुहोस


टीकापुर २० असोज /
जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा दिनेश बहादुर शाह निर्वाचित भएका छन् ।
मंगलबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ६ सय २४ मत ल्याएर शाह सामुदायिक वनको अध्यक्षमा निर्वाचित भएका हुन । शाहका निकटतम प्रतिद्वन्दी नरबहादुर बोगटीले तीन सय ६४ मत पाएका छन् ।
अध्यक्ष पदका लागि चारजना प्रतिस्पर्धामा थिए । त्यसमध्ये कर्ण बहादुर चौधरीले दुई सय ५५ मत ल्याउँदा अर्का उम्मेदवार बपल बहादुर रावलले दुई सय ८ मत ल्याएका थिए । बाँकी पदाधिकारीको टुंगो यसभन्दा पहिले नै लागिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *