गाउँपालिकाको अध्यक्षमा पत्रकार चौधरी विजयी

शेयेर गर्नुहोस

समाधान समाचार, टीकापुर ०७ जेठ/
कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष कान्तिपुरका पत्रकार गणेश चौधरी विजयी हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका चौधरी विजयी हुनुभएको हो । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २ सय ४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २ सय ४१ मत पाउनुभयो । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५ सय २६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गर्नुभयो ।
योसंगै अहिलेसम्म कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो भएको छ। उसले भजनी, टीकापुर र जोशीपुरमा पनि जित हात पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *