शेयेर गर्नुहोस
टीकापुर ०८ पुस/
जानकी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा प्रवाह गरेको सेवा, कार्यक्रम र योजना माथी स्थानिय नागरिकले विभिन्न प्रतिक्रिया, गुनासो र सुझाव दिएका छन् । कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप चौधरीले गाउँपालिको नारालाई सार्थकता दिन नितीगत रुपमा लाग्नु पर्ने, रिंग रोडको नामाकरण गरेर जान आग्रह गरेका छन् ।
समाजसेवी दिनेश थारुले गाँउपालिकामा देख्न सक्ने विकास नभएकोले ५ वर्ष भित्र पहिचान सहितको भन्न सक्ने गाउँपालिका बनाउनमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।
रामेश्वर रेग्मीले कृषि र स्वास्थ्यको क्षेत्रमा विभिन्न समस्या रहेकोले त्यसमा ध्यान दिन आग्रह गर्दै रोजगार कार्यक्रमलाई व्यवस्थित रुपमा लैजान सुझाव दिएका छन् । गाउँपालिकामा रहेका पुराना मेलमिलापकर्तालाई पनि पक्ष्पात नभई आगामी दिनमा समेटेर लैजान आग्रह गर्दै सेती लोक मार्ग नक्साकन अनुसार बनाउन उनले आग्रह गरे । कार्यक्रममा गोविन्द विष्ट, कृष्ण सोडारी, गणेश उपाध्याय, राजेश कठायत, गिता चौधरी, मणिचन्द्र चौलागाईले सार्वजनिक सुनुवाई कार्यक्रममा गुनासो तथा सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नगरिकबाट उठेका सवालको जवाफ गाउँपालिका अध्यक्ष गणेश चौधरी, उपाध्यक्ष लालमति कठरिया, प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले र सम्बन्धित शाखा प्रमुखले दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरी सकरात्मक सोच राखेर पालिकाको समृद्धि र विकासको लागि सहकार्य गर्न आग्रह गर्दै निश्पक्ष भएर काम गर्दै जाने र कहिकतै कम्जोरी भए सुधार गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष लालमति देवी कठरियाले गाउँपालिको राजश्व वृद्धिमा आफुहरु लागि रहेको र गाउँपालिका राम्रो बनाउनका लागि साझा व्यक्तिको रुपमा रहँदै काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले गाउँपालिका राम्रो बउनाउन दबाब भन्दा जनताले राम्रो पृष्ठपोषण गरिरहेकोले समयसापेक्ष आवश्यक विषयबस्तु उठान गर्नु पर्ने बताए ।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा यस आर्थिक वर्षको पहिलो चौमासिकमा भएको प्रगति विवरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले प्रस्तुत गरेका थिए भने टिप्पणीकर्ताको रुपमा पत्रकार छत्र मल्ल रहेका थिए । गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममको सहजीकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो ।










