गाउँपालिकाको बजेट एक अर्ब १२ करोड, कोको भए पुरस्कृत ?

शेयेर गर्नुहोस


टीकापुर ०६ असार /
कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि एक अर्ब १२ करोड २५ लाख ६४ हजार बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको १८ औं गाउँ सभाको दोस्रो बैठकमा उपाध्यक्ष लालमती देवि कठरियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकका लागि एक अर्ब १२ करोड २५ लाख ६४ हजार बजेट विनियोजन गरिएको हो । चालू आर्थिक वर्षको कुल बजेट भन्दा गाउँपालिकाले झण्डै २० करोड ८८ लाख ५७ हजार बढी बजेट ल्याएको छ । चालू आर्थिक वर्षका लागि गाउँपालिकाले ९१ करोड ३७ लाख ७ हजार बजेट विनियोजन गरेको थियो ।
कुल बजेटको ४६ करोड २४ लाख ४१ हजार अर्थात ४१ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने ६६ करोड एक लाख २३ हजार अर्थात कुल बजेटको ५८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
गाउँपाकिकाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट तीन करोड राजश्व संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी संघीय समानीकरण अनुदान बापत १४ करोड दुई लाख, संघीय राजश्व बाँडफाँडबाट ११ करोड ८२ लाख ७४ हजार, संघीय शसर्त अनुदान तर्फ ६३ करोड ७६ लाख, संघीय विशेष अनुदान तर्फ ८६ लाख, संघीय समपुरक अनुदान बापत ६० लाखको स्रोत अनुमान गरिएको छ ।
त्यसैगरी गाउँपालिकाले थप स्रोतको आधार सुदुरपश्चिम प्रदेश समानीकरण अनुदानबाट एक करोड ३५ लाख ९३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३८ लाख ३८ हजार देखाएको छ । प्रदेश शसर्त अनुदान तर्फ ६ करोड ८१ लाख २९ हजार, विशेष अनुदानबाट ६६ लाख ५० हजार, प्रदेश समपुरक अनुदान बापत ८६ लाख १५ हजार आय प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले राजश्व बाँडफाँडबाट प्राप्त हुने आयबाट तीन करोड १० लाख ६५ हजार आय प्राप्त हुने अनुमान गरिएको छ भने उपाध्यक्ष कठरियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको असार मसान्तसम्म खर्च नभई बचत हुने अनुमानित पाँच करोड रहने अनुमान गर्नुभएको छ ।
कुल बजेटको गाउँपालिका तर्फ ३४ करोड ९० लाख ७५ हजार बजेट विनियोजन भएको छ । विषयगत शाखा तर्फ ६३ लाख ९५ हजार बजेट विनियोजन हुँदा वडालाई तीन करोड १५ लाख बाँडफाँड गरिएको छ । उता संघीय सरकार र प्रदेश सरकारको शसर्त अनुदान तर्फका कार्यक्रमका लागि ६३ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी संघ र प्रदेशको विशेष अनुदान तर्फका कार्यक्रमका लागि एक करोड ५२ लाख ५० हजार बजेट विनियोजन हुँदा संघ र प्रदेशका समपुरक अनुदानको कार्यक्रमका लागि एक करोड ४६ लाख १५ हजार बजेट विनियोजन भएको छ । गाउँपालिकाको १८ औं गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक समेत पारित गरेको छ ।
यी कर्मचारी भए पुरस्कृत
गाउँपालिकाको १८ गाउँसभाले स्थानीय सेवा पुरस्कारका लागि विभिन्न कर्मचारी र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ । उत्कृष्ट कर्मचारी अधिकृत तर्फ सन्तराम कठरियालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारी नायब सुब्बातर्फ अनिल चौधरी, उत्कृष्ट वडा सचिवमा श्याम किशोर चौधरी, उत्कृष्ट कर्मचारी स्वास्थ्य तर्फ जनस्वास्थ्य निरीक्षक कृष्ण बहादुर चौधरी पुरस्कारका लागि सिफारिस भएका छन् ।
उत्कृष्ट शिक्षकमा बालज्योती आधारभूत बिधालय प्रधानाध्यापक भोजराज चौधरी, उत्कृष्ट कर्मचारी श्रेणीविहिन गोपी टमट्टा, उत्कृष्ट कृषक पुरस्कार सबिता कृषि फार्मले पाउने भएको छ । उत्कृष्ट व्यावसायिक पशुपंक्षी पालनतर्फ शितल बंगुर एण्ड पोल्टी फार्म, उत्कृष्ट निर्माण व्यवसायीमा विवेक भण्डारी, स्वयंसेविका पुरस्कारबाट मञ्जु चौधरी, बडघर पुरस्कारबाट कृष्ण थारु र मेलमीलाप पुरस्कारबाट सुरेश कठरिया पुरस्कृत हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *