गुडिमुन्टे समुहले देउसिभैलो नखेल्ने

शेयेर गर्नुहोस


समाधान समाचार,टीकापुर १७ कार्तिक,
गुडिमुन्टे जोडीको समुहले यसपालिको देउसिभैले नखेल्ने भएको छ ।
सामाजिक तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि खाम गर्दै आएको गुडिमुन्टे समुहले दोस्रो चरणको कोरोनाको संक्रमणको जोखिम अझै कम हुन नसकेको अवस्था ठूलो समूह जम्मा भएर देउसीभैलो खेल्दा समुहलाई र समुदायलाई पनि जोखिम हुनसक्ने भन्दै देउसिभैलो कार्यक्रम स्थगित गरिएको समुहका संयोजक राजेन्द्र विश्वकर्माले बताएका छन् ।
“एकातिर कोरोनाको जोखिम कम भैसकेको छैन भने, अर्कोतिर कोरोनाका कारण जताततै आर्थिक मन्दीले च्यापेको छ ।” संयोजक विश्वकर्माले भने, “फेरि टीकापुर क्षेत्र बाढी र डुवानका कारण भएको क्षतिले झनै नराम्रोसँग थला परेको छ । यस्तो अवस्थामा भैली लिएर अरुको आगनमा कसरी जाने ?”
उनले सबैतिर सुख शान्ती र खुसियाली भएपछी मात्रै यस्ता चाडपर्वहरु रमाइला हुने भन्दै तिहारको बेला खेलिने देउसिभैले पनि एक खालको रमाइलो र चलीआएको परम्परालाई निरन्तरता दिन आगामी वर्षहरूमा सुखद दिनहरू फर्किएभने सामाजिक तथा संस्कृतिको क्षेत्रमा गुडिमुन्टे समुहले निरन्तर लागिपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *