चौपायाको आहाराका लागि महायज्ञ

शेयेर गर्नुहोस


टीकापुर २७ चैत /
टीकापुरमा रहेको गौशालामा रहेका चौपायाको आहारा जुटाउनको लागि महायज्ञ आयोजना गरिने भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित ऐतिहासिक राम मन्दिरको संरक्षण तथा गौशालामा रहेका गाईलाई आहारा व्यवस्थापन गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ वैशाख ११ गतेबाट आयोजना गरिने छ । आयोजक समितिले गाईको आहारा, सुरक्षा, गौशालाको व्यवस्थापन तथा मन्दिरको स्तर उन्नतिका लागि महायज्ञ आयोजना गरिएको बताएको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले विगतमा प्रचलनमा रहेको रामलिला नाटकको पुनरावृत्तिसहितको धार्मिक गतिविधि सञ्चालन हुने बताएका छन् । उनले महायज्ञलाई सफल पार्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् । वडा अध्यक्ष न्यौपानेले धर्म र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भित्र पर्ने बताएका छन् ।
गौशाला व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर बुढा क्षेत्रीले विगमा पनि गौशालाका चौपायाको आहाराको लागि महायज्ञ आयोजना गरिएको बताएका छन् उनले पहिलो पटक राम मन्दिरमा आयोजना हुने महायज्ञबाट र चौपायाको आहाराको जोहो हुने विश्वास व्यक्त गरेका छन् । महायज्ञ बैशाख ११ गते देखि १७ गते सम्म सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *