जग्गा खाली गराइदिन पत्राचार

शेयेर गर्नुहोस


टीकापुर ०१ कार्तिक/
टीकापुर बहुमुखी क्याम्पसले २०६३ सालदेखि अतिक्रमणमा परेको तीन सय बिघा जग्गा खालीका लागि टीकापुर नगरपालिकालाई पत्राचार गरेको छ ।
नगरपालिकाले असोज २६ गते एक सुचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण भएका संरचना हटाउनका लागि सुचना जारी गरेसँगै क्याम्पसले क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमणमा परेकोले उक्त जग्गा खाली गराइदिनका लागि अनुरोध गरेको हो । क्याम्पसका क्याम्पस प्रमुख केशर बहादुर कुँवरले एक सुचना जारी गर्दै उक्त जग्गा खाली गराइदिनका लागि नगर प्रमुख रामलाल डगौंरा थारुलाई अनुरोध गरिएको छ ।
२०६३ सालपछि विभिन्न ठाउँबाट आएर सयौं परिवार क्याम्पसको जग्गा अतिक्रमण गरेर बस्दै आएका छन् । पटकपटक क्याम्पसले जग्गा खालिका लागि अनुरोध गर्दा पनि जग्गा खालीका लागि कतैबाट पनि त्यसको सुनुवाइ हुन सकेको छैन ।

ताजा खबर

आँखा शिविरमा तीन सय ५२ को उपचार

“आमा: अनन्त माया”

अतिक्रमण हटाउन प्रशासनलाई परिपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *