जनताको विश्वासले नै निर्वाचित भए : शाह

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० जेठ /
नेकपा माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष तथा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले जनताले विश्वास गरेकै कारण नगरपालिकाको नेतृत्वमा पुग्ने अवसर मिलेको बताएका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्र टीकापुर नगर समितीले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख शाहले असाधारण अवस्था पनि जनताले विश्वास गरेर नेतृत्वमा पुर्याएको बताएका हुन । “हामिले हेर्दा साधारणरुपमा चुनाव जित्ने अवस्था देखिएको थिएन । जनताले विश्वास गरेकै कारण आज अवसर मिलेको छ ।” नगर उपप्रमुख शाहले भने, “अब जनताको साझा भएर काम गर्नुपर्ने छ । अब कार्यपालिकामा जोसँग हाम्रो एजेन्डा मिल्छ, त्यसैसँग समन्वय गरेर जानेछौं । हामिलाई जनताको काम गर्नुपर्ने हो । त्यसका लागि पार्टीको सुझाव र समन्वय सधै रहने छ भन्ने विश्वास लिएको छु ।”
नगर उपप्रमुख शाहले विगतका वर्षहरुमा पार्टी र जनप्रतिनिधिहरुको समन्वय हुन नसकेको बताउँदै आगामी दिनमा त्यस्तो नहुने बताए । उनले कुनै पनि लडाई जित्नको लागि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताउँदै पार्टीपंक्तिका कारण पनि कार्यमा सफल भइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *