जेल मुक्त भए रेशम चौधरी

शेयेर गर्नुहोस


टीकापुर १५ जेठ /
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्।
राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका हुन्। डिल्लीबजार कारागारबाट उनी सोमवार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए। टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार आम माफी दिएपछि उनी रिहा भएका हुन्।
राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्। टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *