जेष्ठ नागरिक मिलन केन्द्र स्थापना

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०३ असोज /
” डल्फिन, जैविक, कला संस्कृतिको संरक्षणमा अग्रजहरूको छ योगदान सबै मिली गरौं जेष्ठ नागरिकहरुको हेरचाह र सम्मान” भने मूल नाराका साथमा
जेष्ठ नागरिक मिलन तथा दिवासेवा हेरचाह केन्द्रको स्थापना गरिएको छ ।
भजनी नगरपालिका वडा नं. ८ सोनाहाफाटा उक्त केन्द्रको स्थापना गरीएको हो । जेष्ठ नागरिकको सम्मान स्वरुप उक्त दिवसेवा स्थापन गरिएको छ । केन्द्रमा हरेक शनिबार जेष्ठ नागरिक मिलन केन्द्रमा टीकापुर र भजनी क्षेत्रका जेष्ठ नागरिक मिलन गराउने उद्देश्यले केन्द्रको स्थापना गरिएको डल्फिल जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताएका छन् ।
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा भएको कार्यक्रम सहयोगी संस्था त्रिवेणी जेष्ठ नागरिक मिलन केन्द्र भजनी नगरपालिका वडा नं. ८ र त्रिवेणीधाम धार्मीक तथा पर्यटकीय क्षेत्र विकास समिति भजनी ८ रहेको छ। केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि एवम् भजनी नगरपालिका वडा नं. ८ का वडा सदस्य कृष्णलाल धमलाले जेष्ठ नागरिक स्थानीय निकायको समेत सहयाेग रहने बताएका छन्। उनले जेष्ठ नागरिकहरु सबैका अभिभावक भएको बताउँदै तिनको संरक्षण र सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।वडाले पनि हरेक वर्ष जेष्ठ नागरिक लाई सम्मन तथा न्यानो कपडा, फलफुल वितरण जस्ता कार्यक्रमहरु गर्दै आएको धमलाले बताए ।
साथै नव गठित जेष्ठ नागरिक मिलन तथा दिवसेवा हेरचाह केन्द्रमा १३ सदस्य समिति गठन भएको छ। जसमा अध्यक्ष खडक बहादुर रावल, उपाध्यक्ष बिश्राम डगौरा, सचिव देविराम न्यौपाने,कोषाध्यक्ष कृष्ण प्रसाद ढुंगाना, सदस्य मोतिराम काफ्ले,धनिराम रेग्मी,भोजलाल चौधरी,राम मिलन चौधरी, नबले कमी, मोतीराम भण्डारी, झुमादेवी चौलागाई, देवी चौधरी, रति ढकाल रहेका छन्।
संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा भजनी टिकापुरका क्षेत्रका जेष्ठ नागरिक, भल्मन्सा, समाजसेवि, आमा समुह, लगाएतको सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत संरक्षण नेपालका नेपालका सचिव नरेन्द्र रेग्मीले गरेको कार्यक्रमको सञ्चालन सञ्चालन महासचिव जय प्रसाद ढुंगानाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *