शेयेर गर्नुहोस
टीकापुर १९ पुस /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुरलाई गुलाफको सिटीको रुपमा विकास गर्ने बताएका छन् ।
टीकापुर नगरपालिका वन, वातावरण तथा सरसफाइ उपशाखाको आयोजना तथा सुभारम्भ अनलाइन टिभीको सहकार्यमा भएको “वातावरण संरक्षणमा नागरिकको भुमिका” विषयिक नगरस्तरीय वक्तित्व कला प्रतियोगिता कार्यक्रममा नगर प्रमुख थारुले टीकापुरलाई गुलाफको सिटी बनाइने बताएका हुन । “आज टीकापुर पार्कका कारण टीकापुर देश तथा विदेशमा चिनिएको छ । त्यसमा पनि पार्क भित्रका गुलाफको महत्त्वपूर्ण झन बढी छ ।” नगर प्रमुख थारुले भने, “त्यसलाई पार्कमा मात्रै नभई समग्र टीकापुरलाई गुलाफको सिटीको रुपमा चिनाउने योजनामा अगाडि बढेका छौँ ।”
नगरपालिकालाई गुलाफको सिटी बनाउनका लागि केही व्यक्तिहरुसँग सकारात्मक सुझावहरु आएको बताउँदै नगर प्रमुख थारुले त्यसै सुझावका आधारमा नगरपालिकालाई गुलाफको सिटीको रुपमा विकास गरिने बताए । “टीकापुरसँग ऐतिहासिक रुपमा जोडिएका कुराहरूलाई फर्काउने काममा हामी निकै गम्भीर छौँ ।” उनले भने, “त्यसैअनुसार टीकापुरलाई गुलाफको शहरको परिकल्पनाबाट काम सुरु गरेका छौँ ।”
टीकापुर विमानस्थल सञ्चालनमा आउँदा टीकापुरको पुरानो इतिहासलाई पुनर्जीवन दिने काम भएको नगर प्रमुख थारुको भनाई छ । उनले पुर्खाले कल्पना गरेको टीकापुर बनाउनका लागि सबैले सकारात्मक सोचका साथ लाग्न आग्रह पनि गरेका छन् । “पुर्खाले गरेको परिकल्पना अनि पुर्खाले आर्जेको टीकापुरलाई बनाउनका लागि सबैमा सकारात्मक सोचको आवश्यक छ् ।” नगर प्रमुख थारुले भने, “त्यसकारण पनि टीकापुर विमानस्थलको विषयमा कुनै संकोच नमानेर त्यसको प्रयोग अनि प्रचारप्रसारमा लाग्न आग्रह गर्दछु ।”
नगर प्रमुख थारुले एउटा व्यक्तिले आफ्नो जन्मदेखि मृत्यु नहुँदासम्मको समयमा कम्तिमा पनि तीन वटा विरुवा रोप्न आग्रह गरेका छन् । स्वच्छ वातावरण भए मात्रै सुरक्षीत जीवनको परिकल्पना गर्न सकिने उनको भनाइ छ ।
प्रतियोगितामा कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कृष्टिना पोखरेलले प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै सरस्वती माध्यमिक विद्यालय वनगाउँमा नेहा विकले दोस्रो स्थान हासिल गर्दा तृतीय स्थान खड्ग स्मृति माध्यमिक विद्यालयकी दिपिका भाट हासिल गर्न सफल भएकी छन् । नगरपालिकाभित्रका विभिन्न आठवटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा वीरेन्द्र विद्या मन्दिर माद्यामिक बिधालयका छात्र हिमाल घर्तीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
कर्णाली माद्यामिक बिधालयमा सञ्चालन भएको उक्त प्रतियोगिताकाे निर्णय भूमिकामा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, वीरेन्द्र विद्यामन्दिर क्याम्पसका प्राध्यापक द्वारिका प्रसाद भण्डारी र त्रिपथ विद्या निकेतन टीकापुरका प्रिन्सिपल मान बहादुर थापा रहेका थिए । टिभीका प्रधान सम्पादक जनकराज तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्मा, स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बिद्या मन्दिर क्याम्पसका सभापति नवीन अधिकारी, पत्रकार भीम विक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन टिभीका प्रबन्धक निर्देशक यज्ञराज सिम्खडाले गरेका थिए ।










