शेयेर गर्नुहोस
टीकापुर ०५ असार /
“सिप सिकौं आत्मनिर्भर बनौं, परिवर्तनको सुरुवात आफैबाट गरौं ” भन्ने नारा सहित लक्षित वर्ग तथा अन्य वर्ग सीप विकास तथा प्रविधि सहयाेग कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार तालिम समापन कार्यक्रम गर्दै गाउँपालिका अध्यक्ष गणेश चौधरीले तालिममा सिकेको सीपलाई प्रयोगमा ल्याउनका लागि आग्रह गरेका छन् । उनले तालिमबाट सिकेको सिपको उपयोगमा अल्छि नबन्न आग्रह गर्दै सिपसँगै आयआर्जनमा टेवा पुर्याउने उद्देश्य लिएर गाउँपालिकाले उक्त सामग्री वितरण गरेको बताए ।
जानकी गाउँपालिका सामाजिक विकास शाखाको आयोजनमा दुई महिनासम्म संचालन भएको मिठाई बनाउने एड्भान्स तालिम, विद्युत जडान तालिम, हेयर कटिङ्ग / सैलुन तालिमका २५ जना सहभागी सीप पश्चात् आगामी दिनमा सोही पेशामा लाग्न प्रेरित गर्दै आवश्यक सामग्री प्रदान गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष लालमाति कठरिया, सामाजिक विकास समितीका संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष कमल महतो , सामाजिक विकास शाखा प्रमुख हिरालाल चौधरी लगाएतको उपस्थिती रहेको थियो ।








