थापाले गरे घोषणा पत्र सार्वजनिक : कर्णाली नदी नियन्त्रण मुख्य एजेन्डा

शेयेर गर्नुहोस


टीकापुर २९ असोज /
आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका ललित थापा शिवले घोषणा पत्र सार्वजनिक गरेका छन् ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले टीकापुर र जानकीका पूर्वी भाग र बर्दियाको पश्चिम भाग क्षेद/ विक्षेद गरी डुबान, कटान र बगान गरी रहेको कर्णालीलाई सिधा बगाउने, बिचका टापुहरू सफा गर्ने, कोठिया र सनकट्टी घाटलाई कर्णाली विभाजन गर्ने र रणनीतिक केन्द्रीय योजना ल्याउने कुरालाई मुख्य एजेन्डाको रुपमा लिएको बताएका छन् । उनले कैलालीको कर्णाली नदी यसक्षेत्रको मुख्य समस्याको रुपमा रहेको बताउँदै कर्णाली नदी नियन्त्रण गर्न सकेपछि मात्रै कैलालीको पुर्वी क्षेत्रको विकासले गति लिने बताएका छन् ।
“सबै कुराले कर्णाली नदीले हामिलाई दुख दिँदै आएको छ । यदी कर्णाली नदीका टापुलाई उत्खनन गरेर सिधा बगाउन सकेपछि मात्रै हामी सुरक्षीत हुन्छौं ।” थापाले भने, “त्यसका लागि मैले यसपटक प्रतिनिधि सभाको लागि उम्मेदवार दिएको छु, आशा छ जनताले साथ दिनेछन् ।” उनले रक्तदान र मतदान दानहरु मध्येको पनि सबैभन्दा महत्त्वपूर्ण दान भएकोले महत्त्वपूर्ण दानलाई खेर नजाने गरेर सदुपयोग गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।
थापाले जारी गरेको घोषणा पत्राअ सेती लोक मार्ग र कर्णाली लोकमार्गको वजारको केन्द्र टीकापुर बजारलाई बनाउन पहल गर्ने, पहलमानपुरको जङ्गललाई आधार मानी कैलाली जिल्लाको पूर्वी क्षेत्रलाई अलग-अलग जिल्ला बनाउन पहल गर्ने, यस क्षेत्रका ७ वटै अव्यवस्थित शिविर बस्तिको स्थायी व्यवस्थापन गरी नमूना गाउँबस्ती बनाउने, ” किसानको रहर फलफुल बगैंचाको गाउँ शहर” बनाउने छु किसानको उत्पादित खाद्यवस्तुको तरकारी, केरा लगायतका कृषि उत्पादनको मूल्यको ग्यारेन्टी र बजारीकरणमा टेवा दिने, किसान परिचय कार्ड वितरण किसान पेन्सनको लागि राज्यद्वारा पारित नीतिलाई लागु गराउने कुरालाई समेत उल्लेख गरेका छन् ।
त्यसैगरी, घरेलु उद्योग स्थापना गर्ने स्वरोजगारी आत्म निर्भरको लागि पहल गर्ने साथै राज्यको आयस्रोत बढाउने, कृषि भित्र किसानको भविष्य देखाउन ओर्गानिक, प्राङ्गारिक मलको प्रशोधन गरी स्रोत केन्द्र स्थापना गर्ने र छोडिएका गाई वस्तुको व्यवस्थापन वा निकासको लागि पहल गर्ने, पशु क्वारेन्टाइनलाई दरबन्दी पोष्टिङ गर्ने उन्नत पशु भित्र्याउन किसानलाई सहज वातावरण बनाउने, यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि टीकापुर पार्क, कर्णाली जलासय, पदम प्रकाशेश्वर मन्दिर लगायतका मन्दिरहरू, डल्फिन क्षेत्र र योगाश्रमलाई योग पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदहरूको नाममा एक वडा एक पार्टी प्यालेस बनाउने, राष्ट्रको रक्षा गर्न M.C.C. सम्झौता खारेज गर्न पहल गर्ने, देश र जनताको हितमा हुने गरी नागरिकता विधयेक ल्याउन पहल गर्ने, राष्ट्र र राष्ट्रियतालाई ध्यानमा राखी भाषा र संस्कृतिको धनी नेपाल लोप हुँदै गएको थारू भाषा र मगर भाषालाई प्राथमिकता दिन भाषिक कक्षा चलाउने लगायत २३ बुदाको घोषणा पत्र जारी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थापाले पत्रकार सम्मेलनमा आफू स्वतन्त्र ब्याक्ती भएका कारण चुनाव लड्न नछोड्ने बताएका छन् । “मैले जनयुद्धका २१ मोर्चा लड्दा कैयौंमा हार र कैयौंमा जित भयो । युद्धमा हार हुदा पनि नहारेको मान्छे चुनावको हारबाट पछि हट्ने छैन ।” थापाले भने, “जति पटक हार भएपनि मेरो यात्रा रोकिने छैन । हारलाई स्विकार्दै जितको खोजिमा म सधै अगाडि बढ्ने छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *