दुग्धजन्य पदार्थको मूल्य वृद्धिप्रती आपत्ति

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ माघ /
टीकापुर डेरि व्यवसायीहरुले दूध तथा दुग्धजन्य पदार्थमा मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च टीकापुर र दूध संकलक तथा उत्पादकहरुले आपत्ति जनाएका छन् ।
किसानहरूले उत्पादन गरेर डेरिसम्म पुर्याउने दुधको मूल्य एकलौटी रुपमा डेरि व्यवसायीहरुले उत्पादक किसानको अपहेलना, उपभोक्ताप्रती अन्याय र व्यावसायिक मर्यादाको उलंघन गरेको भन्दै आपत्ति नगाएको हो । उपभोक्ता हित संरक्षण मञ्च टीकापुर, दूध उत्पादक र संकलकको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर नगरपालिकामा नगर उपप्रमुखको नेतृत्वमा उपभोक्ता हित संरक्षण समिती २०७८ भदौ ३० र ३१ गतेको बैठक (बंक) गरेर अटेर गरेको टीकापुर डेरि व्यवसायी संघले एकतर्फी मूल्य तोकेर नाफाखोरी चरीत्र देखाएको र त्यसले दूध उत्पादकको श्रम, उपभोक्ताको अधिकार र सरकारको नियमको उलंघन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा २०७६ भदौ अन्तिम साता टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितीले डेरि व्यवसायीहरुलाई राखेर ५४ रुपैयाँ खरिद मूल्य र ६५ रुपैयाँ बिक्री मुल्य तोकिएकोमा धेरैजसो डेरि व्यवसायीले उत्पादकलाई त्यो भन्दा कम र उपभोक्ताबाट आधा लिटरको ३५ रुपैयाँका दरले ७० र एक पाउका दलले ८० रुपैयाँसम्म प्रती लिटर लिएर लुट मच्चाएको उल्लेख छ । साथै यसअघि दुग्धजन्य बस्तुहरुमो मूल्य तोक्दा पनि अत्याधिक तोकिएकोमा अहिले पनि त्यसैमा झन बढाएको भन्ने जानकारी आएकोले त्यसको व्यापक छलफल गरी समायोजन गर्न सरकार तथा सरकारका निकायसँग माग गरिएको छ ।
दूध उत्पादक किसानले इच्छा अनुसार दैनिक, साप्ताहिक, पाक्षिक रुपमा दुधको मूल्य पाउने व्यवस्था गर्न, दुग्धजन्य पदार्थको मापदण्ड गोठदेखी ओठसम्म स्वच्छताको ग्यारेन्टी गर्न, दुधको ल्याक्टो र फ्याटको मात्रा नापेर लिन र उपभोक्तालाई नापेरै दिने व्यवस्था गर्न समेत माग गरिएको छ । साथै डेरि व्यवसायीहरुले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ पालना गर्न र नाफाको सिमा माग गर्दा कालोबजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को सिमाभित्र रहन अनुरोध गरिएको छ ।
डेरि व्यवसायीहरुको यहीँ माघ २२ गतेको बसेको बैठकले दूध तथा दुग्धजन्य पदार्थको खरिद तथा बिक्रिवितरणको लागि आउँदो फागुन १ गतेदेखि मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *