सात वर्षमै बन्द भयो दर्ना लघु जलविद्युत

शेयेर गर्नुहोस


झलनाथ खनाल, अछाम २६ माघ /
अछामको बान्निगढी गाउँपालिका वडा नं. ६ साविक दर्ना गाविसमा २०७० सालमा पहिलोपटक बिजुली बत्ती बलेको थियो ।
दर्नावासीको लामो प्रयासका बाबजुद कैलाश खोलाको पानीबाट ८३ किलोवाट क्षमताको आयोजना सुरु भएपनि त्यो आयोजना सात वर्ष नपुग्दै तहसनहसको अवस्थामा पुगेको छ । जलविद्युत आयोजनाको पानीको कुलो बाढीले बगाएपछि त्यसको सञ्चालनको लागि कुनै पहल नभएको स्थानीय बताउँछन् । स्थानीय क्षेत्रमा उत्पादन भएको विद्युत ले स्थानीयलाई निकै राहत मात्रै दिएको दिएन गाउँमा सना तथा मझौला उद्योगहरु समेत सञ्चालनमा आएका थिए ।
साढे चार करोडको लागतमा निर्माण भएको लघु जलविद्युत आयोजनाको छ सय मिटर कुलो भत्किएको छ विद्युतको एक किलोमीटर, सात सय मिटर लामो कुलो रहेको छ । साविकको दर्ना गाविसका ६ सय ६२ र कालागाउँ गाविसका ४ सय ५० घरधुरी विद्युतको पहुँचमा रहेका थिए । कुला कै समस्याका कारण भन्द भएको आयोजना सञ्चालनको लागि आफुहरुले पहल गरेको भएपनि त्यसको सुनुवाइ नभएको बान्निगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनुभएको छ ।
“प्रदेशका माननीय आएर अब विद्युत आयोजना सञ्चालन नल्याउने र राष्ट्रिय प्रशारण लाइन जोड्ने भनेर जानुभयो । राष्ट्रिय प्रशारण लाइन पनि जडान भयो ।” गाउँपालिकाका अध्यक्ष खड्काले भन्नुभयो, “अहिले उपभोक्ता मारमा छन् । विद्युतको चुहावट निकै बढेको छ । प्राधिकरणलाई एक वर्षमा २८ लाख तिर्नुपर्ने देखिएको छ । उपभोक्तासँग पैसा उठाएकै छ ।” उहाँले विद्युत सहकारी मार्फत सञ्चालन हुँदै आएको राष्ट्रिय प्रशारण लाइनले उपभोक्ताहरुलाई निकै मारमा पारेको बताउँदै त्यसको छिट्टै समाधान गर्न आवश्यक रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष खड्काले त्यो पनि अस्थायी सम्झौताअनुसार बिजुली बत्ति बालिएको र २८ लाख बक्यौता तिर्न नसक्दा तिनपटक विद्युतलाईन काटिएको बताउँदै त्यसको गाउँपालिकाले जिम्मा लिएर अहिले जडान गरिएको बताउनुभयो । उहाँकाअनुसार राष्ट्रिय प्रशारण लाइन जतिबेला पनि काटिन सकिने छ ।
उपभोक्ताले लघु जलविद्युत आयोजना सञ्चालनमा हुँदा न्युनतम ५० रुपैयाँ र प्रति युनिट ७ रुपैयाँका दलले विद्युत महशुल तिर्नुपर्थ्यो । अहिले राष्ट्रिय प्रशारण लाइन जोडिएपछी उपभोक्ताहरुले न्युनतम एक सय रुपैयाँ र प्रती युनिट १५ रुपैयाँका दरले विद्युत महशुल तिर्दै आएका छन् । लघु जलविद्युत आयोजना हुँदा दिनमा २२ घण्टा बत्तिको सुबिधामा रहेका उपभोक्ता अहिले कहिलेकाही विद्युत अवरुद्ध हुँदा दिनहु बत्ति बिनै बस्नुपर्ने अवस्थामा रहेको स्थानीय हिक्मत थापा बताउनुहुँन्छ ।
लघु जलविद्युत आयोजना सञ्चालनमा हुँदा स्थानीय पाँच जनाले रोजगारी समेत पाएका थिए । अहिले जलविद्युत आयोजना व्यवस्थापन समितिले उनीहरुलाई जागीरबाट हटाइसकेको छ । २५ महिनाको तलब समेत कर्मचारीहरुले अझै नपाएको विद्युत आयोजनामा काम गर्दै आएका झनक थापाले बताउनुभयो । “पुरानो २५ महिनाको तलब पाएका छैनौं । आयोजना सञ्चालनका लागि पनि कुनै पहल भएको छैन । समितिले माघ ५ गतेदेखि कर्मचारीहरुलाई अवकाश दिइसकेको छ ।” थापाले भन्नुभयो, “जागिरबाट अवकाश दिएपनि काम गरेको पैसा त दिनुपर्ने हो । पटकपटक आफुहरुले पाउनुपर्ने रकम माग गर्दा पनि त्यसको सुनुवाइ भएको छैन । त्यसैमा पनि तीन जनाको बिमा बापतको ५७ हजार पनि समितिले तिरेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *