शेयेर गर्नुहोस
टीकापुर २८ चैत /
जानकी गाउँपालिकाले लम्की-टीकापुर सडक खण्ड अन्तर्गत दुर्गौली चोकमा निर्माण गरेको थारु साँस्कृतिक मुर्तिको अनावरण गरिएको छ ।
गाउँपालिकका अध्यक्ष गणेश चौधरीले शुक्रवार एक कार्यक्रम मार्फत थारु साँस्कृतिक मुर्तिको अनावरण गरेका हुन । थारु समुदायको बाहुल्यता रहेको गाउँपालिकाले अहिलेको पुस्तालाई आफ्नो संस्कृति र परम्पराको बारेमा जानकारी गराउने र त्यसको संरक्षणमा लाग्न प्रेरित गर्ने उद्देश्यले साँस्कृतिक मुर्ति स्थापना गरिएको बताएका छन् । “अहिलेको पुस्तालाई हाम्रो पुरानो पहिचानको बारेमा जानकारी छैन । त्यो जानकारी दिनका लागि पनि यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने” छ ।” उनले भने, “पुरानो परम्परागत साँस्कृतिक पहिचानको जानकारी दिन पनि सकिन्छ ।
उनले दुर्गौली बजार व्यवस्थापन समितिको पहलमा मुर्ति स्थापनामा सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि अन्य सार्वजनिक चोक चौराहमा यस्तै पहिचान झल्काउने मुर्ति लगायतका सालिक स्थापना गर्दै लगिने बताएका छन् । गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले पहिचान झल्किने कार्यको प्रशंसा गर्दै सिलालेखमा आफ्नो नाम पनि राख्न माग गरिन । उनले आफ्नो नाम सिलालेखमा नराखे राखिएको सिलालेख तोड्ने चेतावनीसमेत दिएकी छन् ।









