धितोपत्रको अन्तरक्रिया कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर ०६ फागुन /
नेपाल धितोपत्र बोर्ड नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबार टीकापुरमा पुँजी बजार सम्बन्धि लगानीकर्ता साक्षरता सचेतना अभिवृद्धि तथा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    टीकापुर उद्योग वाणिज्य संघ टीकापुरको सहकार्य भएको कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले वित्तीय साक्षरता सम्बन्धि जानकारी दिँदै समग्रमा वित्तीय ज्ञान तथा सीप, मनाेवृद्वि व्यवहारलाई वित्तीय साक्षरता भनिने बताएका छन् । उनले धितोपत्रमा वित्तीय साक्षरतामा बचत तथा लगानी आवश्यक पर्ने बताउँदै बचतमा छोटो अवधिको लक्ष्य तथा आपतकालीन आवश्यक पूरा गर्न चाहेको बेला तुरुन्त नगद पाउन अत्यन्त न्यून जोखिम व्याज आम्दानी गर्न र लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
   कार्यकारी निर्देशक अधिकारीले धितोपत्रमा नेपालको वित्तीय प्रणालीको स्वरुपमा पुँजी बजार, मुद्रा बजार, बीमा सेवा, गरै बैिबङ्ग वित्तीय बजार लगायतका स्वरुप रहने बताउँदै तिनीहरुलाई नियमन गर्नेहरुमा नेपाल धितो बोर्ड, नेपाल राष्ट्र बैक, बीमा प्रणाली, नेपाल सरकार, सहकारी विभाग लगायतका नियमन निकाय रहने समेत बताएका छन् । उनले कार्यक्रममा वित्तीय बजार संरचना, धितोपत्र बजार, धितोपत्र सम्बन्धि २०६३ को व्यवस्था, प्राथमिक बजारमा धितोपत्रको निष्काशनको प्रकार र विधि लगायतका विषयमा जानकारी दिएका थिए ।
    कार्यक्रममा बोर्डका  सहायक निर्देशक अजय ढुङ्गानाले नेपाल धितोपत्र बजार सम्बन्धि जानकारी दिदै धितोपत्र बजारको भुमिकामा तरलता प्रदान गर्ने, मूल्य निर्धारण गर्ने, पुँजी निर्माण र लगानीको अवसर रहने बताएका छन् । उनले धितोपत्र बजारसँग सम्बन्धि जान्नु पर्ने कुराहरुको जानकारी दिदै ट्रेड म्यानेजमेन्ट सिस्टम, कारोबारको दिन, न्युनतम कारोबार संख्या लगायत रहने बताए ।
   संघका वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद बजगाईको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन सचिव तपेन्द्र कुवँरले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *