न्यु साहारा सहकारीको अध्यक्षमा कडायत चयन

शेयेर गर्नुहोस


टीकापुर ०६ पुस /
न्यु साहारा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड टीकापुरको अध्यक्षमा टेकबहादुर कडायत चयन भएका छन् ।
सहकारीको १९ औं वार्षिक साधारण सभा तथा चुनावी साधारण सभाले कडायतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा लक्ष्मण चौधरी चयन भएका छन् । त्यसैगरी सचीवमा झलनाथ खनाल, कोषाध्यक्षमा उर्मिला रावल चयन भएका छन् । सदस्यमा भद्रा शाही, राधिका रावल थापा, सदिक्षा पाण्डे, लल्ता प्रसाद थारु र मीन डगौरा थारु चयन भएको निर्वाचन समिती संयोजक कमलेश जी. बोहराले जानकारी दिएका छन् ।
सहकारीका कार्यवाहक अध्यक्ष टेकबहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले केही वर्ष पहिले मात्रै विद्युतको पहुँचमा पुग्न निकै कठिन भएको समयमा विद्युत सहकारीले ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने कार्यमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन् । उनले अबका दिनमा सहकारीले उत्पादनतर्फ जोड दिएर शेयर सदस्यलाई आमदानीमा जोड्न आवश्यक रहेको बताएका छन् ।
शेयर सदस्यहरु जिम्मेवार भएर संस्थाप्रती उत्तरदायी बन्न सके मात्रै सहकारी सफल हुने बताउँदै वडा अध्यक्ष विकले विद्युत सहकारीको क्षमता विकासको लागि सहयोगका लागि सधै तयार रहेको बताए । उनले अहिले विद्युत सहकारीलाई जोगाएर राख्न जरुरी रहेको बताएका छन् ।
जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले संस्थालाई जोगाएर दिगो बनाउनु नै महत्त्वपूर्ण रहेको बताएका छन् । उनले केही क्षेत्रमा अझै विद्युत आपूर्ति सहज बनाउन आवश्यक रहेको बताउँदै जनतालाई सेवा प्रवाह गर्ने हरेक निकायसँग समन्वय र सहकार्य वडा कार्यालयले निरन्तर गर्ने बताएका छन् ।
सहकारीका संस्थापक अध्यक्ष तर्कराज रेग्मीले शुन्यबाट उठाएको सहकारी भएको बताउँदै अहिले सहकारी उभिने स्थितिमा पुगेको बताएका छन् । वडा कार्यालयबाट सहयोग भएको भन्दै अध्यक्ष रेग्मीले सहकारीलाई रोजगारी सिर्जना गर्दै नमुना सहकारी बनाउने यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन् ।
सहकारी संस्थाका लेखा समिती सदस्य जन्मराज रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत व्यवस्थापक गोविन्द चौधरीले गरेका थिए । कार्यक्रममा सहकारीका पुर्व सचीव खडक विश्वकर्मा, नव निर्माण सहकारी संस्थाका व्यवस्थापक कमलेश जी. बोहरा, जानकी गाउँपालिका वडा नं. ३ का वडा सदस्य पुष्पा चौधरी, सहकारीका लेखा संयोजक मथुरा प्रसाद न्यौपाने, समाजसेवी उदयराम अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ३१ लाख तीन हजार पाँच सय ९८ रुपैयाँ १४ पैसाको आयव्यय प्रस्तुत गरिएको छ । सहकारीले गत आर्थिक वर्षको असर मसान्तसम्म २४ लाख ९८ हजार चार सय ८७ रुपैयाँ ९ पैसा नगद तथा बैंक मौज्दात रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *