प्याब्सनको दोस्रो पालिका परिषद सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर २५ मंसिर /
निजि तथा आवासीय बिधालय संगठन नेपाल (प्याब्सन) स्थानीय पालिका कार्यसमिति टीकापुर नगरपालिकाको दोस्रो पालिका परिषद बिहिवार सम्पन्न भएको छ ।
प्याब्सन टीकापुरका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष डम्बरबहादुर सोडारीले शैक्षिक क्षेत्रमा निजि क्षेत्रको लगानी दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । उनले टीकापुरमा मात्रै निजि क्षेत्रको अर्बौं लगानी शिक्षा क्षेत्रमा भएको उल्लेख गरे ।
“शैक्षिक क्षेत्रमा निजि क्षेत्रको योगदान निकै छ । जहाँ अर्बौं लगानी भैसकेको छ ।” उनले भने, “शैक्षिक गुणस्तरमा पनि निजि क्षेत्रको नतोजा सबल छ । अझै यसलाई स्तरीय बनाउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनले राज्यले गर्नुपर्ने काम निजि क्षेत्रले गर्दा पनि राज्यबाट निजि बिधालय सधैं प्रताडित हुँदै आएको गुनासो गरे ।
प्याब्सन कैलालीका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले टीकापुर पुनः शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताएका छन् । कुनै समयमा एकाध बिधालय भएदेखि शैक्षिक क्षेत्रको चर्चा हुँदै आएको टीकापुरमा अहिले दर्जनौं बिधालय अब्बल रहेको बताएका छन् । “शिक्षामा निजि क्षेत्रको अर्बौं लगानी मात्रै होइन, सयौंले रोजगारी पाएका छन् । हजारौं बिद्यार्थीले गुणस्तर शिक्षा आर्जन गरिरहेका छन् ” उनले भने, “स्थानीय मात्रै नभई पहाडी जिल्लाका अधिकांश अभिभावकको रोजाइमा टीकापुरका संस्थागत बिधालय परेका छन् ।”
अझै शैक्षिक गुणस्तरलाई ध्यान दिएर शतप्रतिशत नतिजा ल्याउने गरी निजि बिधालयले काम गर्नुपर्नेमा जोड दिएका छन् । “संस्थागत बिधालयको नतिजाका आधारमा पालिकाको परिक्षामा उतिर्ण हुनेको दर बढेको देखिँदै आएको छ । यसलाई अझै सुधार गर्दै लैजानुपर्छ ।” उनले भने, “त्यतिमात्र नभई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन पनि जरुरी छ । सामुदायिक र संस्थागत बिधालयलाई हेर्ने नजर मात्रै भए पनि एकनासको हुनुपर्छ ।”
प्याब्सन टीकापुरले आर्थिक वर्ष २०८१ मंसिर २९ गतेदेखि २०८२ मंसिर २४ गतेसम्मको दुई लाख ६४ हजार बराबरको आयव्यय कोषाध्यक्ष अमित कुमार चौधरीले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ५३ हजार बैंक मौज्दात देखिएको छ । सचीव डण्डी राज जोशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष देवेन्द्र बहादुर शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *