प्रचण्ड टीकापुर आउँदै

शेयेर गर्नुहोस


टीकापुर ०४ फागुन /
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यहीँ फागुन २० गते टीकापुर आउने भएका छन् ।
फागुन २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल टीकापुर आउने भएका हुन । “प्रचण्ड टीकापुर आउने योजना बनिसकेको छ । उहाँ २० गते सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्न टीकापु्र आउन लाग्नु भएको हो ।” थारु राष्ट्रिय मुक्तिमोर्चाका कैलाली जिल्ला सचीव रामबहादुर चौधरीले भने, “सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको छ । हामी सम्मेलनलाई सफल बनाउनका लागि तयारी गरिरहेका छौँ ।
सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने मोर्चाका कैलाली जिल्ला सचीव रामबहादुर चौधरीले बताएका छन् । २४ जिल्लाबाट झण्डै दुई हजार भन्दा बढी प्रतिनिधि टीकापुरमा आउने छन् । सम्मेलनको खुला सत्र टीकापुर भानु चोक कान्छी बजार खुला मैदानमा हुने छ भने बन्दसत्र योगाश्रमको सभाहलमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *