प्रेस सेन्टरको वार्षिक साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर ११ जेठ /
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
प्रस सेन्टर नेपालका जिल्ला समन्वय समिती कैलालीका अध्यक्ष तेज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाले पत्रकारिता क्षेत्रमा पेशागत सुरक्षाको चुनौती बढ्दै गएको भन्दै त्यसतर्फ गम्भीर बन्न आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा प्रविधिमैत्री मिडिया प्रचलित हुँदै गएको भन्दै मिडियामा क्षमता भएको जनशक्तिको अभाव अझै रहेको बताएका छन् । प्रदेश इन्चार्ज ठगुन्नाले खोज पत्रकारिता अहिलेको आवश्यकता भएको बताउँदै त्यसमा पत्रकारहरुको कलम केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र कैलाली जिल्ला संयोजक लाजुराम चौधरीले पत्रकारहरुसँग पार्टी टाढा भएको जस्तो अनुभुती भएको भन्दै त्यसमा पार्टीको ठूलो कमजोरी रहेको बताएका छन् । उनले केन्द्रिय सरकार सरकारको नेतृत्वमा रहेको बताउँदै प्रदेश सरकारमा पनि पार्टीको सहभागिता रहेकोले सरकारका राम्रा कुराहरूको प्रचारप्रसार गर्न र नराम्रो कामको सुझाव दिन पत्रकारलाई आग्रह गरेका छन् । “अहिले पनि सरकारले कयौं राम्रा काम गरेको छ । त्यसको प्रचारप्रसार भने हुनसकेको छैन । प्रचारप्रसार नभएकै कारण कयौं राम्रा कामहरु अझेलमा परेका छन् ।” चौधरीले भने, “आज संघीयता माओवादी पार्टीको एजेण्डा भएपनि आज त्यसको फाइदा अरुले लिएका छन् । त्यसलाई पत्रकारले जनमानसमामा पुर्याउनु पर्छ ।”
उनले सरकारले गरेका राम्रा कामहरुमा पार्टीका अन्य सदस्यहरुले साथ नदिएको आरोप लगाएका छन् । चौधरीले राम्रो काममा कुनै पनि केन्द्रिय सदस्यले बोल्न नसकेको भन्दै एउटै ब्याक्तीले जति राम्रो गरेपनि त्यसलाई जनमानसमा पुर्याउने ब्याक्तीको अभाव अझै रहेको बताएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिब केशवराज जोशीले औपचारिक समाचार लेखनले अबको पत्रकारिता सफल नहुने भन्दै खोज पत्रकारिता तर्फ पत्रकारले कमल चलाउनुपर्ने बताएका छन् । उनले संगठनलाई बलियो बनाउनको लागि पत्रकार जन्माउने काममा पनि संगठन जिम्मेवार हुनुपर्ने बताएका छन् ।
प्रेस सेन्टर कैलालीका उपाध्यक्ष झलनाथ खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव मंगल बास्कोटेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *