बाल संरक्षणका लागि साझा प्रतिवद्धता

शेयेर गर्नुहोस


टीकापुर २८ भदौ /
सुदूरपश्चिममा बालअधिकार तथा बाल संरक्षणमा प्रभावकारी कार्य गरी अवस्थामा सुधार ल्याउन सरोकारवालाहरुले १४ बुँदे प्रतिवद्धता गरेका छन् ।
सोमबार धनगढीमा आयोजित बालबालिकाका सवाल, नीतिगत व्यवस्था एवं भावि योजना तथा कार्यदिशा विषयक प्रदेशस्तरीय कार्यशालाका सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले यस प्रदेशमा बाल अधिकार तथा बाल संरक्षणको अवस्थामा सुधारको खाँचो रहेको औल्याउँदै उक्त प्रतिवद्धता गरेका हुन् ।
प्रदेश र स्थानीय सरकारद्वारा बाल संरक्षणका लागि अत्यावश्यक तथा समय सापेक्षित नीति तथा योजनामा प्राथमिकता, अन्य कानुन र आवश्यक निर्देशिकाहरु यथासक्य निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड, स्थानीयस्तरमा बालबालिकाको यथार्थ अवस्थाको अध्ययन, अनुसन्धान, अनुगमन, खोज तथा घटना अध्ययन तथा ब्यवस्थापन प्रकृयालाई थप प्रभावकारी र नियमित गर्ने, स्थानीयस्तरमा गठित बाल क्लवहरुको सुदृढिकरण गर्न तथा गठन नभएका ठाउँमा बाल क्लव गठन गरेर सक्रिय बनाउने, जोखिममा रहेका बालवालिकाहरुको पहिचान तथा उनीहरु लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नुुपर्नेमा उनीहरुको जोड छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनलको सहकार्यमा आयोजित उक्त कार्यशालामा सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश सभा संसदीय समितिका सभापतिहरु, प्रदेश सभाका सदस्यहरु, स्थानीय सरकारका प्रमुखहरु, प्रदेश सरकारका उच्चपदस्थ पदाधिकारी, मानवअधिकारको क्षेत्रमा क्रियाशील अगुवा प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला अध्यक्षहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु, बालक्लवका प्रतिनिधिलगायतका सहभागिहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
कार्यशालामा प्रमुख अतिथि रहेका राज्यमन्त्री रैकाले बालबालिकाका क्षेत्रमा सरकारको बर्षौदेखि ठूलो लगानी रहेपनि अपेक्षित सुधार हुन नसकेको स्विकार गरे । उनले भने ॅसमस्याहरु लगभग जहाँको त्यहीँ छन् । बालबालिकाका क्षेत्रमा ठोस तथा प्रभावकारी कदमहरु चाल्नुपर्ने आवश्यकता महसुस भएको छ ।’
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल बहादुर रावलले बालबालिकाका सवालमा सम्वद्ध सरोकारवाला संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिममा बालबालिकाका क्षेत्रमा अनेकौ समस्याहरु रहेको औल्याउँदै परम्परागत ढंगले मात्र काम गर्ने भने समस्या समाधान नहुने बताए । पूर्वमन्त्री एवं प्रदेश सांसद पूणर्ा जोशीले सुदूरपश्चिममा बाल हिंसा, बालविवाह, बाल सहभागिता लगायतका सन्दर्भहरुमा निकै पछौटेपन रहेको बताइन् । उनले सबैको साझा प्रयत्नबाट मात्र विद्यमान समस्याहरु समाधान गर्न सकिने बताइन् ।
यस्तै, गौरिगंगा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले बाल संरक्षणको प्रमुख दायित्व स्थानीय सरकारको दायित्व रहेको औल्याउँदै आफू त्यसतर्फ संवेदनशील रहेर काम गरिरहेको दावी गरे । नागरिक समाजका अगुवा इन्सेक सुदूरपश्चिमका प्रमुख खडकराज जोशीले सञ्चारकर्मीहरुको पहलद्वारा बालबालिकाका क्षेत्रमा विद्यमान समस्याहरु उजागर गर्न तथा समाधानका उपायहरु खोज्न सरोकारवाला निकायहरुलाई मद्दत पुुग्ने बताए । उनले सरकारी निकायहरुबाट हुने कागजी उपलब्धी परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यशालामा सामाजिक विकास मन्त्रालयका अधिकृत जयन्ती गिरी, पत्रकार महासंघका प्रदेश सचिव हरी जोशी, दार्चुलाबाट प्रदेश सचिव प्रेम चुुनारा, महासंघको बझाङ जिल्ला अध्यक्ष शैलेन्द्र रोकाया र वल्र्ड भिजन इन्टरनेशनलका केशव भट्टले प्रस्तुतिहरु राखेका थिए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले सञ्चालन गरेको उक्त कार्यशालामा प्रदेश अध्यक्ष योगेश रावलले बाल संरक्षणका लागि आवश्यकता अनुुरुप कार्य गर्न सुदूरपश्चिमको सञ्चार क्षेत्र तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *