बाल संरक्षण नीति सम्बन्धि कार्यशाला सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ११ मंसिर
/नगर स्तरीस्य बाल संरक्षण नीति सम्बन्धी कार्यशाला गोष्ठी बिहीबार टीकापुरमा सम्पन्न भएको छ ।
युके आइडी, मर्सिकोर र ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को सम्न्वय तथा टीकापुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यशाला गोष्ठीमा नगर स्तरीय बाल संरक्षण नीतिका लागि छलफल भएको थियो । बाल संरक्षण नीतिका लागि आवश्यक कानूनी प्रक्रियाको बारेमा विषयविज्ञ विष्णुबहादुर खत्रीले समाजका हरेक गतिविधिमा बालबालिकाहरुको सहभागिता हुनुपर्ने भन्दै बाल संरक्षण नीतिमार्फत् बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक सुझाव दिएका छन् ।
उनले नगरपालिकाले अनिवार्य रुपमा बाल कोष स्थापना गर्नुपर्ने, समुदायका विद्यालयका बाल क्लब गठन गरिनु पर्ने भन्दै बालबालिकाका लागि योजना कार्यक्रम, बजेट र आवाजको सम्मान र सहभागिता, बालमैत्री स्थानीय शासनमा हुनुपर्नेमा जोड दिएका छन् । खत्रीले बालबालिका–हरुको विकासमा बाल क्लबको भूमिका महत्वपूर्ण रहेको भन्दै बाल क्लबमा आबद्ध बालबालिकाहरु सबैभन्दा सक्षम भएको बताएका छन् ।
टीकापुर नरगपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बाल संरक्षण नीतिका लागि आगामी कार्यपालिकाको बैठकमा आवश्यक छलफल गरी बालमैत्री स्थानीय शासनको अवधारणामा नगरपालिकालाई लैजाने बताएका छन् ।
ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) का कार्यक्रम
संयोजक जगदीश रानाले सञ्चालन गरेको उक्त कार्यक्रमको बारेमा मर्सिकोरका सिनियर कार्यक्रम प्रमुख पबित्रा चौधरीले जानकारी दिएकी थिईन् । टीकापुर नरगपालिकाकी नगर उप–प्रमुख एवम् नगर स्तरीय बाल समितिकी संयोवजक केशरी बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रवक्ता दीर्घबहादुर ठकुल्लाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *