बिद्यार्थीलाई अध्यक्ष छात्रवृत्ति वितरण

शेयेर गर्नुहोस


टीकापुर ३२ असार /
जानकी गाउँपालिकाको सरस्वती माद्यामिक बिधालय दुर्गौलीमा अध्यक्ष छात्रवृती कार्यक्रम अन्तर्गत विद्यार्थीलाई छात्रवृती रकम वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीले छात्रवृत्ति रकम वितरण गर्दै बालबालिकालाई राम्रो बनाउन अभिभावक सचेत र बालबालिका अनुशासित हुँदै नैतिकवान बन्न आग्रह गरेका छन् । समाज सुधार हुनको लागि शिक्षा राम्रो हुनु पर्ने र यसको लागि सामुदायिक विद्यालय राम्रो हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि सुरुवात गाउँपालिकाले गरेको बताए।
अध्यक्ष छात्रवृती कार्यक्रम अन्तर्गत ६ जना विद्यार्थीलाई जनही एक हजार ५ सय प्रदान गरिएको छ । यस्तै छात्रा छात्रवृती अन्तर्गत ४७ जना, दलित छात्रवृति ८ जना र अपाङ्ग छात्रवृती २ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।
छात्रवृती वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमति कठरिया, कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, शिक्षा शाखाका प्रमुख धर्मानन्द कपाडी लगायतको सहभागिता रहेको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक खड्क बहादुर शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *