बिधालयद्वारा अभिभावकसँग छलफल

शेयेर गर्नुहोस


भजनी ०१ जेठ /
चालु शैक्षिकसत्रमा बिधालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भजनी नगरपालिका वडा नं.१ स्थित केदारेश्वर आधारभूत बिद्यालयले अभिभावकसँग छलफल गरेको छ ।
बिधालयले कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको अभिभावकसँग शिक्षाको गुणस्तर वृद्धिका लागि छलफल गरेको हो । बिधालयले बालबालिकाको नियमित उपस्थितिको महत्वका विषयमा छलफल भएको प्रधानाध्यापक पदम बहादुर शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार घरमा बालबालिकासँग गर्ने व्यवहार र सिकाइ वातावरणका बारेमा छलफल भएको छ । प्रधानाध्यापक शाहीले सरसफाइ, स्वास्थ्य तथा पोषण सम्बन्धि जानकारी बिधालयले अभिभावकलाई जानकारी गराइएको बताउँदै खेल्दै सिक्ने विधिको महत्वका बारेमा जानकारी गराइएको बताएका छन् ।
बालबालिकाहरुमा मोबाइल/टिभीको अत्यधिक प्रयोगका कारण परेको असर, विद्यालय र अभिभावकबीच नियमित समन्वयको अभावले निम्त्याएको समस्या र बालबालिकाको बोली, व्यवहार र बानीको विकासका विषयमा अभिभावकसँग बिधालयले छलफल गरेको छ । प्रधानाध्यापक शाहीका अनुसार बालबालिकाको समयमै विद्यालय पठाउने र गृह सहयोग गर्ने विषय, बालमैत्री वातावरण निर्माणमा अभिभावकको भूमिका, विद्यालयका नियम तथा गतिविधिबारे जानकारीका विषयमा अभिभावकसँग छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *