बिरेन्द्रको ४ कोठे भवन उद्घाटन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ /
बिरेन्द्र बिध्यामन्दिर माध्यामिक बिधालय टीकापुरको चार कोठे भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको सुदुरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले गरेका हुन । कार्यक्रममा संबिधान सभा सदस्य हरि ज्ञवाली कार्यक्रमका विशिस्ट अतिथि रहेका थिए ।
मन्त्रालयको ३८ लाख अनुदान सहयोग र १२ लाख ३८ हजार ५ सय ४० रुपैयाँ बराबरको श्रमदान गरी ५० लाख ३८ हजार ५ सय ४० रुपैयाँमा भवन सम्पन्न भएको छ । २०७७ माघ १७ गतेबाट निर्माण सुरु भएको भवन २०७८ असार १७ मा निर्माण सम्पन्न भएको बिधालयका प्राचार्य यज्ञराज ज्ञवालीले बताएका छन ।
कार्यक्रममा विभिन्न राजनितिक दल, नागरिक अगुवा, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बिधालयका सह प्राचार्य फणीन्द्रराज रेग्मिले संचालन गरेको कार्यक्रमको स्वागत भवन निर्माण समिती संयोजक श्याम खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *